२०८३ साउन १ , शुक्रबार
Sky News Nepal
२०८३ साउन १ , शुक्रबार

राप्ती नदीको सतह बढ्यो, तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह



नेपालगञ्ज । जिल्ला विपद व्यवस्थापन समिति बाँकेले राप्ती नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले आज एक सूचना जारी गर्दै राप्ती नदीको बहाब एक्कासी बढेर ५.४५ मिटर माथि पुगेकाले नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउनुका साथै नदीमा माछा मार्ने, नुहाउने, ओहोरदोहोर गर्ने, दाउरा संकलन गर्ने जस्ता नगर्न आग्रह गरेका छन् । राप्ती नदीको माथिल्लो तटीय क्षेत्रमा पछिल्लो १२ घण्टादेखि भारी वर्षा भइरहेको सूचना जल तथा मौसम विज्ञान विभागले दिएको उल्लेख गर्दै आचार्यले सतर्कता अपनाउन आग्रह गरेका हुन् ।

जल तथा मौसम विज्ञान विभागले यस बर्ष राप्तीको कुसुमस्थित जलमापन केन्द्रको थ्रेसहोल्ड परिवर्तन गरी सतर्कता तह ६ मिटर र खतरा तह ७.८ मिटर कायम गरेको छ । राप्ती नदीमा पानीले खतरा तह पार गरे राप्तीसोनारी गाउँपालिकाको बैजापुर, बिनौना, फत्तेपुर तथा डुडुवा गाउँपालिकाको होलिया, चौफेरी, बेतहनी, कम्दी लगायत क्षेत्र डुबानमा पर्ने गरेका छन् । रेडियो नेपाल

 

प्रकाशित मिति : २०८० साउन ९ गते मंगलबार
Translate »