क्रेस्टको सेवा सुर्खेत आईपुग्यो

सुर्खेत । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो सेवा सुर्खेतबाट समेत दिन शुरु गरेको छ । लघु जीवन बीमाको क्षेत्रमा सेवा दिँदै आएको क्रेस्टले बुधबार वीरेन्द्रनगरमा एक औपचारिक कार्यक्रमका वीच आफ्नो सेवा विधिवतरुपमा शुरु गरेको हो । कार्यक्रमको उद्घाटन गर्दै नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले नियामकीय प्रबन्धहरुको परिधिमा रहेर बीमा सेवा तल्लो तहसम्म पु¥याउन कम्पनीलाई सुझाव दिए ।

प्राधिकरणले नियमन र सहजीकरण दुबैलाई समानान्तर रुपमा लैजाने उनको भनाइ थियो । कार्यक्रमलाई क्रेष्टका अध्यक्ष ऋषिराज मोरले भच्र्युअल माध्यमबाट जीवन बीमालेखको वास्तविक आवश्यकता भएका न्यून आयका भएका गरिब, आर्थिकरुपले पिछडिएका वर्गसम्म सेवा पु¥याउन कम्पनी प्रयासरत रहेको जनाए । उनले परम्परागत बीमा कम्पनीमा समेटिन नसकेका नागरिकलाई लघु जीवन बीमा सुबिधा उपलब्ध गराई आर्थिक सुरक्षाको प्रत्याभूति दिन कम्पनी प्रतिवद्ध रहेको बताए ।

‘परम्परागत बीमा कम्पनीले खासै ध्यान नदिएका वर्गलाई न्यून बीमा शुल्कमा स–सानो बीमांकको बीमालेख जारी गरी भौतिक जोखिम बहन गरिनेछ,’ उनले भने, ‘कम्पनीले अत्याधुनिक प्रविधि प्रयोग गरी दूरदराजका गाउँबस्तीसम्म आफ्ना बीमालेख पु¥याउने छ ।’ उनले लघु जीवन बीमाको माध्यमबाट देशमा छरिएर रहेको स–साना पूँजीलाई एकीकृत गरी राष्ट्रको ढुकुटी निमार्णमा योगदान गर्ने कम्पनीको लक्ष्य रहेको बताए । उनका अनुसार कम्पनीमा चुस्त दुरुस्त संस्थागत सुशासन तथा पारदर्शिता कायम राखी प्रभावकारी काम कार्बाही गरिनेछ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठले ग्राहकमैत्री प्रविधिमार्फत दूरदराजमा रहेका नागरिकको आवश्यकता अनुसारका बीमा योजना कम बीमा शुल्कमा सजिलै क्रेस्टबाट प्राप्त गर्न सकिने जानकारी दिए । उनले बीमा शुल्कका बीमा योजनाबाट लक्षित वर्गलाई आर्थिक रुपमा लाभान्वित हुने गरि क्रेस्ट अघि बढेको बताए ।

‘प्रतिष्ठित र स्थापित ठूला जीवन बीमा कम्पनीहरुबाट आउने चुनौतीलाई स्पष्ट उद्देश्य, बलियो मनोबल र संकल्पले अवसरमा परिवर्तन गर्न सकिन्छ,’ उनले भने, ‘कम्पनीको जनशक्तिमा लगानी गर्नुका साथै प्रोत्साहित गर्ने, निरन्तर सिक्ने तथा कारोबारको आकार बढाउने संस्कारलाई प्रोत्साहित गरेर प्रभावकारी समूह निर्माणमा आफूहरु सदा लागि रहने छौं ।’

कार्यक्रममा नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयका प्रमुख, कर्णाली प्रदेश सभाका सदस्य तथा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुखलगायतले शुभकाना व्यक्त गरेका थिए ।

Translate »