मुगुमा अवरुद्ध विद्युत् सुचारु
मुगु । अवरुद्ध भएको १७ दिनपछि मुगुमा विद्युत् सुचारु भएको छ । गमगाड वितरण केन्द्रले छायाँनाथरारा नगरपालिकासँग समन्वय गरी नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा विद्युत् गृहको इन्टेकमा रहेको ट्रयाक र्याकसहित ३ स्टेप बालुवा छान्नको लागी ग्याबिङ भरेपछि आजबाट विद्युत् सेवा सुचारु भएको हो ।
गत आषाढ २७ गते मङ्गलवार गमगाड खोलामा आएको बाढीले नहर पुरेपछि विद्युत् सेवा अवरुद्ध भएको थियो । विद्युत् सेवा अवरुद्ध भएपछि छायाँनाथ रारा नगरपालिका भित्रका ८७ वटा बस्तीका २६ हजार घरपरिवारमा विद्युत् सेवा रोकिएको थियो ।