नेल्टा सुर्खेतको अध्यक्षमा शाही

सुर्खेत । अंग्रेजी भाषा शिक्षकहरुको साझा संगठन ‘नेपाल इंग्लिश लैंग्वेज टिचर्स एशोसियशन’ (नेल्टा) सुर्खेतको अध्यक्षमा दलबहादुर शाही निर्वाचित भएका छन् । शनिबार वीरेन्द्रनगरमा सम्पन्न नेल्टा सुर्खेतको २० औं वार्षिक साधारण सभाले अध्यक्षमा शाहीलाई सर्वसम्मत निर्वाचित गरेको हो ।

सभाले नयाँ कार्यसमितिको उपाध्यक्षमा दिपेन्द्रकुमार खत्री, सचिव ईन्द्रकुमारी वली, सह–सचिव धर्मराज सिंह, कोषाध्यक्ष निर्मला सापकोटा तथा सदस्यहरुमा गणेशकुमार कँडेल, मोतिराम सिंजापति, सुस्मिता गिरी, दिक्षा देवकोटा, टिकाराम सापकोटा, ध्रुवकुमार अधिकारी एवं तालिम संयोजकमा पूर्णप्रसाद पौडेललाई निर्वाचित गरेको छ ।

नेल्टा सुर्खेतको २० औं वार्षिक साधारण सभाले सन २०२३ देखि २०२६ सम्मको कार्यकालका लागि भएको नयाँ कार्यसमितिको निर्वाचनमा सबै पदहरु सर्वसम्मत सहमतिमा सम्पन्न भएको नेल्टाका कर्णाली प्रदेशका कार्यवाहक अध्यक्ष धनिराम शर्माले जानकारी दिए ।

नवनिर्वाचित कार्य समितिका पदाधिकारीलाई नेल्टाका कर्णाली प्रदेशका कार्यवाहक अध्यक्ष शर्मा, सुर्खेत बहुमुखि क्याम्पस प्रमुख माधवप्रसाद खनाल, शिक्षा विकास तथा समन्वय ईकाइ सुर्खेतका प्रमुख महेशदत्त देवकोटा, नेमबहादुर शाही, रामबहादुर शाही, बासुदेव कार्की, प्रेम विश्वकर्मा तथा बेतेन्द्रकुमार दाहाललगायतले हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

Translate »