स्वप्न शास्त्र : सपनामा सर्प देख्दा के हुन्छ ? जानौं

एजेन्सी । हिन्दु धर्ममा सर्पलाई पुजनीय मानिएको छ । धेरै स्थानमा सर्पको पूजा गर्ने गरिन्छ । हिन्दु धर्ममा मानिने भगवान शिवले पनि सर्पलाई घाँटीमा धारण गरेका छन् ।

आध्यात्मिक शक्ति वृद्धि
केही पूर्वीय संस्कृति अनुसार सर्पको सपनालाइ जागेको कुण्डलीनीसंग पनि बुझिन्छ, मेरुदण्डको आधार बाट निस्कने यो शक्तिले तपाइको आध्यात्मिक शक्तिलाइ जनाउछ । सपनाको सर्पले तपाइलाइ बिग्रान हैन बरु तपाइको सुधारको लागि देखापर्ने हुन्छ ।

सपनामा सर्प देखिनुले तपाइको वास्तविक जीवनमा अप्ठ्यारो अवस्था सृजना भइरहेको कुरालाइ पनि इंकित गर्दछ । जीवनको भद्रगोलता लाइ पनि बुझाउँछ यस्तो सपनाले ।

सपनामा देखिरहिने सर्पहरुको अर्थ राम्रो तथा नराम्रो दुवै हुन्छ । सर्पलाइ गरिने व्यवहार र सर्पको बारेमा चलिआएको भनाइहरुपनि संस्कृति अनुसार फरक फरक नै हुन्छ । त्यसैले यस्को सपनाको प्रभाव तथा अर्थपनि फरक फरक नै हुन्छ ।  डरको प्रतिकको पनि मानिन्छ सर्पलाइ, साथै लुकेका खतरा, वा कुनै व्यक्ति कतिको राम्रो नराम्रो भन्ने बारेमा पनि छुट्याउन सहयोग गर्छ सर्पको सपनाले ।

सपनामा सर्पले टोकेको देखिनु वा सर्प देखिनु का शंकेतहरु अलि फरक छन्, सर्प यौन को संकेत हो । सर्पको सपनाले यौनशक्तिलाइ संकेत गर्दछ ।  यदि सर्प सपनामा आफुसँग बेरिन्छ वा कुनै शक्ति संचार गर्ने गरि काम गर्दछ भने त्यो सपनाले तपाइको यौन शक्ति बढेको संकेत गर्ने हुन्छ ।


केहि सभ्यतामा सर्पलाइ ज्ञान र शक्तिको प्रतिक मानिन्छ । सर्प सपनामा देखिनुको अर्थ हुन्छ, व्यक्तित्वमा आउने परिवर्तन । यस्ता सपनाले तपाइलाइ अत्याउने गर्दछ, तर साथसाथ जुन कुराबाट एकदमै दुखित हुनुहुन्छ ती बिर्साउने अवसर पनि प्रदान गर्छ साथै तपाइलाइ सावधान बनाउछ, र एकदमै नलौ जीवनको बाटोबाट अगाडी बढाउन सहयोग गर्दछ ।

सर्पले सावधान गराउछ, यदि तपाइलाइ कसैले छल गर्न लागेको छ भने । कुनै लुकेका कुरा वा गोप्यकुराहरु प्रति तपाइलाई संकेत गर्ने हेतुले पनि सर्पको सपना देखिने हुन्छ । वा कुनै कुराको सत्यता तपाइलाइ थाहा छैन भने पनि त्यसबारेमा संकेत गर्न खोजिएको पनि हुन सक्छ ।तपाइसंग लुकेका क्षमताको संकेतार्थ पनि हुनसक्छ सर्पको सपना ।

हामीले कुनै कुराको परिवर्तन प्रति मानिने डरको को बारेमा हुन्छ यस्तो सपना। जमिन मुनिबाट सुतेर ९हाइबर्नेसन० उठेको सर्प आउदै गरेको सपना देखेमा तपाइमा भएको शक्ति तथा कार्यक्षमता तपाइको जोश र प्रेरणासगं मिलाउन चाहिने उर्जा प्राप्तिको लागि हुनसक्छ।

 

हामीले कयौंपटक सपनामा सर्प देख्ने गर्छौं । यसका विभिन्न प्रकारका संकेत हुन सक्छन् । यसबारेमा स्वप्नशास्त्री तथा वास्तु विज्ञबाट जानौं ।

  • सर्पलाई ज्योतिष विज्ञानमा परिवर्तनको प्रतिक मानिन्छ । सपनामा यसलाई देख्नुले जीवनमा परिवर्तन ल्याउन सक्छ । यो एकदमै राम्रो मानिन्छ ।
  • सपनामा सर्प समातेको देखिन्छ भने यो राम्रो मानिन्छ । यसले संकेत गर्दछ कि तपाईंको जीवनका समस्या आउने समयमा समाप्त हुनेछन् ।
  • यदि सपनामा सर्पले हातमा टोक्छ भने यो नराम्रो समयसँग लड्दा समस्या आउने सक्ने प्रतिक हुन्छ । त्यस्तै सपनामा टाउकोमा सर्पले टोक्नु चिन्ताको कारण हुन सक्छ ।
  • सपनामा सर्प मर्छ भने पनि यो तपाईंका लागि राम्रो हुन सक्छ । यसले शत्रुमाथि विजयको संकेत लिएर आएको हुन सक्छ ।
  • शिवलिंगसँगै सर्प देख्नु एकदमै शुभ मानिन्छ । यसले तपाईंलाई भगवान शिवको आर्शिवाद प्राप्त भएको र छिट्टै मनोकामना पूरा हुने मानिन्छ ।
  • त्यस्तै सर्प सपनामा देख्नु धन लाभको प्रतिक पनि मानिन्छ ।
Translate »