२०८३ कात्तिक १६ , आइतबार
Sky News Nepal
November 1, 2026

जम्मू–कश्मीरका पूर्व मुख्यमन्त्री अब्दुल्लाहले पत्रकार निधिसँग विवाह गरे



नयाँ दिल्ली । भारतको जम्मू–कश्मीरका पूर्व मुख्यमन्त्री उमर अब्दुल्लाहले पत्रकार निधि राजदानसँग विवाह गरेका छन् ।

मुख्यमन्त्री उमर अब्दुल्लाको पायल नाथसँगको सम्बन्धविच्छेद यसै वर्षको सुरुमा भएको थियो । सामाजिक सञ्जाल ‘एक्स’ मा दम्पतीको तस्बिर साझा गर्दै उनले लेखेका छन, ‘हिजो एउटा नयाँ यात्राको सुरुवात भयो ।’ उनले उक्त पोस्टमा निधि राजदानलाई ट्याग पनि गरेका छन् ।

विवाहलाई लिएर लामो समयदेखि चलिरहेको अड्कलबाजीका बीच, मुख्यमन्त्री उमरको यो पोस्टले उक्त समाचारको पुष्टि गरेको हो । दिल्लीको पृथ्वीराज रोडमा अवस्थित जेके हाउसमा शनिबार एक विशेष स्वागत समारोह आयोजना गरिँदैछ ।

राहुल गान्धी, प्रियंका गान्धी, महबुबा मुफ्ती र कपिल सिब्बललगायत ७१ जना विशिष्ट अतिथिहरुलाई निमन्त्रणा पठाइएको छ । पूर्व मुख्यमन्त्री उमर अब्दुल्लाले फेरी आफ्नो जीवनमा एउटा नयाँ अध्यायको सुरुवात गरेका छन् ।

अब, यो व्यक्तिगत तथा खुसीको अवसरलाई मनाउन शनिबार दिल्लीमा एउटा विशेष कार्यक्रम आयोजना गरिएको छ । यो कार्यक्रम राजनीतिक वृत्तमा पहिले नै चर्चाको विषय बनिसकेको थियो ।

प्रकाशित मिति : २०८३ कात्तिक १५ गते शनिबार
Translate »