२०८३ कात्तिक १२ , बुधबार
Sky News Nepal
October 29, 2026

दाउराको चिरपट प्रहारबाट एक जनाको मृत्यु



सुर्खेत । सुर्खेतमा दाउराको चिरपटमा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको गुर्भाकोट नगरपालिका–८ सुन्दरनगरमा दाउराको चिरपट प्रहारबाट घाइते भएका ६२ वर्षीय मानबहादुर राजीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सोही ठाउँका ४० वर्षीय टेकबहादुर विकले सोमबार बिहान अजय परियारको घरको आँगनमा राजीमाथि दाउराले प्रहार गरेका थिए ।

विकको दाउरा प्रहारबाट राजीको टाउको र बायाँ खुट्टामा चोट लागेको थियो । घाइते राजीलाई तत्काल उपचारका लागि प्रदेश अस्पताल पु¥याईएपनि थप उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको थियो ।

त्यहाँ दिउँसो चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । मृतकको शव परीक्षणका लागि मेहेलकुना अस्पतालको शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक श्यामप्रकाश यादवले जानकारी दिए ।

उनले कुटपिटमा संलग्न विकलाई नियन्त्रणमा लिएर कारवाहीका लागि थप अनुसन्धान अगाडि बढाईएको बताए ।

प्रकाशित मिति : २०८३ कात्तिक १२ गते बुधबार
Translate »