२०८३ कात्तिक ६ , बिहीबार
Sky News Nepal
October 22, 2026

पेस्तोल देखाएर मार्ने धम्की दिएको आरोपमा एक युवा पक्राउ



नेपालगञ्ज । बाँके प्रहरीले पेस्तोल देखाई ज्यान मार्ने धम्की दिने एक जना युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका–८, टिटिरियाका २८ वर्षीय सन्दीप चौधरी रहेका छन् । प्रहरीका अनुसार बुधबार बिहान ५ : ३० बजे सोही स्थानका २९ वर्षीय श्यामकुमार थारुको किराना पसलको आँगनमा चौधरी र थारुबीच विवाद भएको थियो ।

विवादका क्रममा मादक पदार्थ सेवन गरेका चौधरीले आफूसँग रहेको एयर पेस्तोल देखाउँदै थारुलाई मार्ने धम्की दिएको सूचना प्रहरीले प्राप्त गरेको थियो ।

सूचना प्राप्त भएपछि प्रहरी चौकी रनियारपुर दहवा र इलाका प्रहरी कार्यालय धनौली, बाँकेबाट खटिएको प्रहरी टोलीले चौधरीलाई पक्राउ गरेको हो ।

प्रहरीले चौधरीको साथबाट एक थान एयर पेस्तोलसमेत बरामद गरेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ कात्तिक ६ गते बिहीबार
Translate »