

लौखाउ ! यो रास्वपा भन्नेले नि के काम गर्छ ,गर्छ यार ! अपराधी भनेर मान्छे पक्राउ गरेर ल्याउँछ । अदातले छोडदिन्छ । आफ्ना मान्छे राजदुत बनाउँछु भनेर लाग्छ । ती मान्छे त अयोग्य मात्रै हुँदारैछन संसदिय समितिले अयोग्य घोषित गर्दिन्छ । पुरानाले रिसईवि साँध्न अयोग्य भनमभने सदनाँ दुईतिहाई छन त ! राजदुत छान्ने संसदिय समितियाँ नि सबै रास्वपाकै सांसद होलान ! अनि विपक्षिलाई दोष लाउननि कसरी लाउनु ।
नियुक्ति गर्ने मान्छे छान्ननि कस्ता मान्छे छानेछन कुन्नि ? सारा संसारै आफ्नो पक्षाँ हुँदानि त्यो मोरो राजदुत बनाउनि मान्छे नि गतिलो छान्न नसक्ने भनेछि जेनजीको टिमभित्रका को मान्छेले छान्याथे कसको सिफारिसाँ यो काम भाथ्यो ? भलै राजदुत बनाउने मान्छे, सल्लाकारले छान्या हुन कि बालेनले साउदि अरबका लागि सिफारिस भाका गिरिबहादुर सुनार र मलेसियाका लागि सिफारिस चुडामणि खरेललाई कल्ले छान्या हुन तर लाज त बालेनकै हुने भो निहैन र ? यता राजदुत छानविन संसदिय समितिले सरकारलाई चुनौति दिरा बेलाँ फेरि काँ पुलिसको हाकिमको खेदो खन्दै हिन्या माननीय खगेन्द्र सुनारको महिला हिंसा सम्बन्धी काण्ड सामाजिक सन्जालाँ छताछुल्ल भएछि बिचरा रास्वपा पाटिलाई नि यो घटना सम्हालि नसक्नु भा छ ।
आफ्ना माननीयको घटना नसम्हालम् भनेनि पाटिको बदना हुने , सम्हालम् भनेनि खगेन्द्र पाटिका लागि साह्रै घाँडो भाछन । कसरी सेफलेण्डिङ गर्ने हो बिचरा र रास्वपा सभापति बल्ल बल्ल प्रेस विज्ञप्ति जारी गरेर माननीयलाई निलम्बन गरेर छानबिन गर्ने भनेर कमिटि त गठन गरेर काम शुरु गर्न मात्रै के लाग्याथे फेरि आफ्नै (रास्वपाका) महिला सांसदहरु खगेन्द्र सुनारलाई बर्खास्त गरि पाउँ यल्ले महिलामाथि महिला हिंसा गर्यो ।
आज अरु महिलामाथि महिला हिंसा गर्या काण्ड बाहिर आयो भने भोलि आफ्नै सहकर्मी सांसदमाथि यस्तो घटना घटाउन्नन भन्ने के ग्यारेन्टी छ ? त्यसैले खगेन्द्र सुनारमाथि कारवाहि गरि पाउँ भनेर फेरि गोडातिनबिशेक भन्दा बढि रास्वपा महिला सांसदहरुले विज्ञप्ति जारी गरेछि फेरि त्यो महिलाहरको विज्ञप्ति नि भाईरल भै राछ ! हेरम यो खगेन्द्र काण्डले नि खगेन्द्र लाईमात्रै डुबाउने हो कि सिंगै रास्वपा पाटि र दुई तिहाइको सरकार समेत लाईनि डुबाउने हो प्रतीक्षा त गर्नै पर्ने होला ।

किनभने बाँके ३ नंका जनता यति कडा रैछन कि रास्वपाका नेता खगेन्द्र सुनारजस्तो पटटटटट मकैका फुला पडक्याझैँ पडकेर भाषण र टेबुलटकको लागि जिउँदा नेतालाई आफ्नो प्रतिनिधि बनाउन पाएछि आफ्नो चुनाब क्षेत्राँ विकासनि त्यस्तै माननीयको बोलि बगेझैँ बगेछि अब त्याँका जनतानि कोई दुखि गरिब नहुने भए ।
सबै लाउने खाने र समृद्ध हुने भएछि अरु के चाईयो र ? खगेन्द्र सुनार जस्तै २÷४ वटा यसरिनै खबरदारी गरेर भष्टाचारीको सातो लिने खालका माननीय भए त देशले काँचुलिनै फेर्थ्यो होला ? तर क्यार्नु भित्रभित्रै आँफुले लुड्याँउने अनि बाहिर बाहिर चाईँ ईमानदार र स्वाभिमानी देखाउने र देखाउन सक्ने बेलासम्म त ठिकै हो ।
तर अरुका विरुद्ध धेरै खेदो खन्नेले आफ्नानि कैलेकाईँका गल्तीलाई लेर अरुनि आफ्ना विरुद्ध खनिन थाले भने चाईँ अल्लि गाह्रो हुँदो रैछ है । जुन हालत ऐले खगेन्द्र सुनारको भैराछ । हुनत खगेन्द्रको माननीय पद पाटिले लगेनि हिजका दिनाँ उनका हाताँ भाको जन्जिर कसैले लुटन सक्ने छैन । जन्जिर बाँधेर माईति घराँ बसेभने नि जिन्दगी गुजार्न के गाह्रो भो र ? माननीय भएनि काम त्यै खाने नै हो ।
जन्जिर बाँधेर माईति घराँ रमिता गरेर खाएनि खान्यै हो हैन र ? ऐले जेनजीका विरुद्ध को बोल्न सक्छ र ? उनरले त जे गरेनि भाईरल ।
–वरिष्ठ पत्रकार श्रीधर पौड्यालद्वारा समसामयिक राजनीति र यसको विरोधाभासपूर्ण चरित्रमाथि एउटा व्यङ्ग्यात्मक टिप्पणी ।











