२०८३ मंसिर १३ , शनिबार
Sky News Nepal
November 28, 2026

चन्दननाथ पुग्यो दशौं राष्ट्रिय खेलकुदको ट्रफी र ओलम्पिक टर्च



सुर्खेत ।  दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी र ओलम्पिक टर्च जुम्लाको प्रमुख धार्मिकस्थल चन्दननाथ मन्दिर पु¥याइएको छ ।

आज म्याराथन धावक हरिबहादुर रोकायको नेतृत्वमा ख्यातिप्राप्त ओलम्पिएनहरुले प्रतियोगिताको ट्रफी तथा ओलम्पिक टर्च जुम्ला पु¥याएका हुन् । शुक्रबार दैलेखको पवित्र धार्मिकस्थल शिरस्थानको अखण्ड ज्वालाबाट ओलम्पिक टर्च बालेर शुभारम्भ भएको ‘ट्रफी टुर’ जुम्ला पुगेर प्रतियोगिताको मुख्य खेलस्थल सुर्खेत फर्किने छ ।

जुम्ला बजार परिक्रमा पश्चात् ट्रफी र टर्चलाई मन्दिर पु¥याइएको हो । कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचारप्रसार र खेलकुदको उत्सवलाई राष्ट्रियस्तरमा पु¥याउने उद्देश्यसहित ‘ओलम्पिक टर्च’ तथा ‘ट्रफी टुर’ सुरु गरिएको हो ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा सुरु भएको टर्च तथा ट्रफी टुरले प्रतियोगिताको माहौल सिर्जना गर्नुका साथै कर्णालीको ऐतिहासिक, धार्मिक र पर्यटकीय पहिचानलाई राष्ट्रियस्तरमा चिनाउने अपेक्षा गरिएको छ ।

टुरमा ओलम्पियन दीपक विष्ट, साग गेम्सका डबल गोल्ड मेडलिस्ट दीपक श्रेष्ठ, म्याराथन धावक हरिबहादुर रोकाया, ओलम्पियन देबु थापा, कराते खेलाडी मण्डेकाजी श्रेष्ठसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका खेलाडीको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २०८३ मंसिर १३ गते शनिबार
Translate »