२०८३ मंसिर ९ , मंगलबार
Sky News Nepal
November 24, 2026

दशौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला बास्केटबलतर्फ ४ खेल सम्पन्न



सुर्खेत ।  दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला बास्केटबलतर्फ चार वटा खेल सम्पन्न भएका छन् ।

पहिलो दिन मंगलबार भएका प्रतियोगितामा एपीएफ, सुदूरपश्चिम, त्रिभुवन आर्मी र बागमती प्रदेशले विजयी सुरुवात गरेका छन् । फुल–कोर्ट (५–५) महिला बास्केटबलतर्फ सशस्त्र प्रहरीको एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई ५२–१९ को फराकिलो अन्तरमा पराजित गरेको छ ।

यस्तै पहिलो चरणको फुल–कोर्ट (५–५) महिला बास्केटबलतर्फ सुदुरपश्चिम प्रदेश र बागमती प्रदेशबीच खेल भएको छ । उक्त खेलमा सुदुरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ३६–३३ को अन्तरले पराजित गरेको छ । यस्तै मंगलवार नै भएको थ्री–अन–थ्री विधाको पहिलो चरणको खेलमा त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच प्रतिस्पर्धा भएको छ ।

सो खेलमा आर्मीले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई १७–१२ को अन्तरले पराजित गरेको छ । थ्री–अन–थ्री विधाको अर्को खेल बागमती प्रदेश र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा भएको थियो ।

उक्त खेलमा बागमती प्रदेशले कर्णाली प्रदेशलाई ९–६ को अन्तरले पराजित गरेको हो । आज पहिलो दिन चार वटा खेलसम्पन्न भएको राष्ट्रिय बास्केटबलका सिनियर रेफ्रि राजेश मर्हजनले जानकारी दिए ।

प्रकाशित मिति : २०८३ मंसिर ९ गते मंगलबार
Translate »