

मुसिकोट । डिभिजन वन कार्यालय रुकुम पश्चिमले अवैध काठ चोरीनिकारी कार्यमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।
वन कार्यालयले गएराती मुसिकोट नगरपालिका–३, ध्युखोलाबाट अबैध चोरीनिकारीको काठसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा मुसिकोट नगरपालिका–३, का ३९ वर्षिय शेरबहादुर विक र सोही ठाउँका ५४ वर्षिय कृष्णबहादुर केसी रहेका छन् ।

वन कार्यालयले अवैध रुपमा कटान मुछान गरी लुकाई छिपाई राखिएको अवस्थामा टुनी प्रजातीको चिरान थान ७८ र गोलिया थान ३४ साल प्रजातीको गोलिया थान १८ र चिरान थान १ र मौवा प्रजाथीको गोलिया थान ३० गरी विभिन्न नाप साईजको १६१ थान काठ वरामद गरेको जनाएको छ।
आवश्यक कारवाहीका लागि पक्राउ परेमा माथि थप अनुसन्धान कार्य भईरहेको डिभिजन वन कार्यालयको भनाइ छ ।

प्रकाशित मिति : २०८३ मंसिर ५ गते शुक्रबार








