२०८३ मंसिर १३ , शनिबार
Sky News Nepal
November 28, 2026

महिला बास्केटबलको फाइनलमा पुग्यो कर्णाली



सुर्खेत ।  दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला बास्केटबलतर्फको (३×३) विधामा कर्णाली प्रदेश फाइनलमा प्रवेश गरेको छ ।

आज विहान भएको खेलमा कर्णाली प्रदेशले विभागीय टोली सशस्त्र प्रहरी बलको (एपीएफ) क्लबलाई ११–१० अंकले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा कर्णालीले एपीएफलाई एक अंकले पछाडी पार्दै फाइनल यात्रा तय गरेको हो । फाइनल प्रवेशसँगै कर्णालीले कम्तीमा एउटा पदक सुनिश्चित गरेको छ ।

कर्णालीको यो सफलताप्रति कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रविन्द्र चन्दले टोलीलाई बधाई दिए । उनले फाइनलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जित्नका लागि खेलाडीलाई शुभकामना दिए ।

प्रकाशित मिति : २०८३ मंसिर १३ गते शनिबार
Translate »