२०८३ मंसिर १० , बुधबार
Sky News Nepal
November 25, 2026

प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपविरुद्ध पत्रकार महासङ्घ सुर्खेतको विरोध प्रदर्शन



सुर्खेत । राज्यपक्ष बाटै पत्रकारमाथि भइरहेको धरपकड, गिरफ्तारी तथा प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपप्रति असन्तुष्टि जनाउँदै नेपाल पत्रकार महासङ्घ सुर्खेतले विरोध प्रर्दशन गरेको छ ।

महासङ्घले आज जिल्ला प्रशासन कार्यालय सुर्खेतमा पुगेर ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप बन्द गर’ भन्दै आधा घण्टा धर्ना दिएको हो ।

पत्रकारमाथिको धरपकड बन्द गर, पत्रकारको श्रम अधिकार सुनिश्चित गर, स्वतन्त्र प्रेस लोकतन्त्रको आधार हो र प्रेस स्वतन्त्रताको सम्मान गर्न सुर्खेतका पत्रहरुले सरकारलाई दवाव दिईरहेका छन् ।

राज्यपक्ष बाटै मिडियामाथि भईरहेको दमनको विरोधमा गर्दै पत्रकारलाई पटक-पटक हैन, एकै पटक सामूहिक गिरफ्तार गर्नुपर्ने उनीहरुको माग छ ।

विरोध कार्यक्रममा पत्रकारका नेताहरुले पत्रकारमाथि हुने धरपकड बन्द नगरे, मिडियाकर्मीलाई डर, त्रास देखाउन बन्द नगरे थप आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

जिल्ला स्थित वरिष्ठ पत्रकारहरुसहित नेपाल पत्रकार महासङ्घका केन्द्रिय सदस्य नगेन्द्रप्रसाद उपाध्याय,  प्रदेश तथा जिल्ला शाखाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८३ मंसिर १० गते बुधबार
Translate »