२०८३ मंसिर १० , बुधबार
Sky News Nepal
November 25, 2026

दशौं राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा सुदूरुपश्चिम र पुलिस विजयी



सुर्खेत ।  कर्णाली प्रदेशमा जारी महिला बास्केटबलतर्फ दुई वटा खेल सम्पन्न भएका छन् ।

आज विहान सम्पन्न दुई वटा खेलमा सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लब विजयी भएका छन् । फुल–कोर्ट (५×५) महिला बास्केटबलतर्फ पहिलो खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ५२–२९ को अन्तरले पराजित गरेको हो ।

यस्तै दोस्रो खेलमा फुल–कोर्ट (५×५) महिला बास्केटबलतर्फ सुदुरपश्चिम प्रदेश र मधेश प्रदेशबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा सुदूरपश्चिमले विजयी हासिल गरेको छ ।

सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई ४७–३ फराकिलो अन्तरले पराजित गरेको हो ।

प्रकाशित मिति : २०८३ मंसिर १० गते बुधबार
Translate »