

काठमाडौं । नेपाललले ओमानलाई १० रनले पराजित गरेको छ । सोमवार भएको एक रोमाञ्चक खेलमा ओमानलाई हराउँदै नेपालले आईसीसी विश्व कप लीग २ मा छैठौं स्थान सुरक्षित गरेको हो ।

पहिले ब्याटिङ गरेको नेपालले २८० रनको चुनौतीपूर्ण स्कोर खडा गरेको थियो । जवाफमा निकै बलियो शुरुवात गरेको ओमानलाई ७ विकेटको क्षतिमा २७० रनमा रोक्दै नेपालले महत्पूर्ण २ अङ्क हात पारेको हो ।
यो जितसँगै अङ्कतालिकामा नेपालको ३० अङ्क पुगेको छ भने सातौं स्थानमा झरेको क्यानडाको २९ अङ्क रहेको छ ।
प्रकाशित मिति : २०८३ कात्तिक ३ गते सोमबार











