२०८३ कात्तिक ६ , बिहीबार
Sky News Nepal
October 22, 2026

आज पनि मान्यजनबाट टीका–जमरा ग्रहण गरिँदै



सुर्खेत । दसैंको टीकाको दोस्रो दिन आज पनि आफन्त तथा मान्यजनको हातबाट टीका–जमरा ग्रहण गरिँदैछ ।

खासगरी टाढा रहेका आफन्त तथा मान्यजनकहाँ टीकाको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनभित्र पुगेर टीका थाप्ने र आशीर्वाद लिने चलन छ । त्यसैले आज टीकाको दोस्रो दिन बिहीबार पनि टीका लगाउन आउ–जाउ गर्नेहरुको चहलपहल बिहानैदेखि बढिरहेको छ ।

देवीको प्रसाद भएकाले कोजाग्रत पूर्णिमासम्म दसैंको टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । कोजाग्रत पूर्णिमाको दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा गरेपछि १५ दिन लामो बडादसैं समाप्त हुन्छ ।

प्रकाशित मिति : २०८३ कात्तिक ६ गते बिहीबार
Translate »