

रुकुम पश्चिम । जिल्लाको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ ।
बाफिकोट गाउँपालिका–२ स्वाराका बलबहादुर नाथका ६ वर्षीय छोरा रमेश नाथको ढुङ्गा प्रहारबाट मृत्यु भएको हो । शुक्रबार करिब ५ : ३० बजेको समयमा रमेश नाथ घरनजिकै बाटोमा खेलिरहेका थिए ।

सोही समयमा स्थानीय ३३ वर्षीय भक्तबहादुर नाथ (मानसिक अवस्था ठीक नभएको) ले एक्कासी ढुङ्गाले रमेशको टाउकोमा प्रहार गरेका थिए । ढुङ्गा प्रहारबाट गम्भीर घाईते रमेशलाई उपचारका लागि स्वास्थ्य चौकी पिपल लगिएको थियो ।
त्यहाँ सामान्य उपचार पश्चात् थप उपचारका लागि रमेशलाई जिल्ला अस्पताल सल्ले पुर्याइएकोमा सोही दिन १० बजे राती उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।
ढुङ्गा प्रहार गर्ने भक्त बहादुर नाथलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८३ कात्तिक ८ गते शनिबार










