किन गति लिँदैन नयाँ सहरले ?

सरकारले सुर्खेतसहित देशैभरका ४० स्थानमा नयाँ र आधुनिक सहर र वस्ती व्यवस्थीत गर्ने योजना बनाएको छ । व्यवस्थीत शहर बनाउने योजना स्वागत योग्य कदम हो । ५ वर्ष भित्र सक्ने योजनासहित अघि बढाएको सरकारी योजना काम सुरु गरेको १२ वर्ष सम्म सामान्य पूर्वाधारको काम बाहेक उल्लेख्य प्रगति हुन भने सकेको छैन । नयाँ सहरको निर्माण काममा गति लिन नसक्नुमा पटक–पटक फेरबदल भईरहेको सरकारको नीतिका कारण आयोजनाले पूर्णता पाउन नसकेको हो । हाल पहिलो चरण अन्र्गत आयोजनाले पुप्पलाल मध्यपहाडी लोकमार्गका सबै सहरमा आफ्नो कार्यलय स्थापना गरेर खानेपानी, ढल, पार्क, सोलर, सामुदायिक भवन निमार्ण कार्य गरिरहेको छ । बजेट अभावकै करण त्यहाँ थप कामको गति बढाउन सकिएको छैन् । सरकार फेरबदरसँगै केही समयपछि मध्यपहाडि लोकमार्गमा बाहिर पनि नयाँ सहर निमार्णको काम थालियो । आर्थिक वर्ष २०७३÷७४ मा सुर्खेतको भेरी गंगालाई नयाँ शहरको रुपमा विकास गर्ने योजना अगाडि सारियो ।सहर निर्माणको गुरु योजना बनाउदाँ स्थानीय सरकार, प्रदेश तथा नीति क्षेत्रलाई पनि सहभागि गर्ने भनिएको थियो तर, राम्रो समन्वय नहुनु र पर्याप्त मात्रामा बजेट विनियोजन नगरेकै कारण आयोजनाको काममा ढिलाई भएको हो । सरकारले प्रत्येक सहरका लागि ५ अर्ब लागत लाग्ने अनुमान गरेको थियो ।

काम ढिला हुनुमा कर्मचारीको अभाव पनि मुख्य कारण रहेको छ । कर्मचारी प्रयाप्त नहुदाँ एकै ठाउँका कर्मचारीले विभिन्न ठाउँको काम गर्नुपर्ने बाध्यताले समेत काममा सुस्त भएको हो ।  भेरी किनारका तीन वटा नगरपालिकालाई समेटेर सरकारले भेरीगंगा उपत्यका नमुना आधुनिक सहर निर्माणको घोषणा त ग¥यो । तर, देखिने गरी काम अघि नबढ्दा स्थानीय नागरिकममा निरासा बढ्नु स्वाभाविक थियो । भेरी किनारका तीन वटा पालिकामा पर्ने नदी वारी र पारीको ४६० वर्ग किलोमिटर क्षेत्रलाई समेटेर नयाँ सहर बनाउने लक्ष्य सरकारको छ । नयाँ सहरले गुर्भाकोट नगरपालिकाको मेहलकुनामा फिल्ड कार्यालय स्थापनादेखि सर्वे बाहेक अरु आधारभूत कामहरु अघि बढाउन सकेका छैनन् । यद्यपि ! भौगोलिक हिसाबले उत्कृष्ट र जोखिम कम भएकाले नयाँ सहर निर्माणलाई जति छिटो काममा तीव्रता दिन सकिन्छ, त्यति राम्रो मानिनेछ । किनभने भेरीगंगा उपत्यका कर्णाली प्रदेशको प्रवेशद्वारमै पर्छ भने नयाँ सहरलाई रत्न राजमार्ग, मदन भण्डारी राजमार्ग र छिन्चु–जाजरकोट–डोल्पा सडकखण्डले घेरेको छ । सहरी विकास र विस्तार मापदण्ड अनुसार ६० प्रतिशत भूगोल ३० डिग्रीभन्दा कम भिरालो छ । भेरीगंगा उपत्यकालाई सुर्खेतसहित जाजरकोट, सल्यान, डोल्पा, रुकुमलगायतको मुख्य केन्द्रको रुपमा विकास गरिनु अर्को राम्रो पक्ष हो । सहरीकरणसँगै कृषि, व्यापार, पर्यटन, उद्योग कालकारखानाको सम्भाव्यताले नयाँ सहर भित्रै अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रियाले थप उँचाईमा पु¥याउने देखिन्छ ।

सुरक्षित र सन्तुलित सहरको विकास सकिने, व्यवस्थित बस्ती विकासका लागि प्रशस्त जमिन रहेको, अन्तर्राष्ट्रिय विमानस्थल, भेरी–बबई आयोजना, दुई ठुला सरकारी अस्पताल, खटाङलगायतका पर्यटकीय तथा धार्मिक क्षेत्र, राजनीतिक नेतृत्वको इच्छाशक्तिलगायतका कारणले नयाँ सहर निर्माणले चाँडै गति लिन सके सुर्खेतको मात्र नभई समग्र कर्णाली प्रदेशकै नमूना शहर हुने थियो । नयाँ सहरका लागि अल्पकालीन, मध्यकालिन र दीर्घकालीन योजना बनाएर छिटो मूर्तरुप दिन बहुत जरुरी देखिन्छ । किनभने देशभर नयाँ शहर योजनाले गति लिन नसक्दा यहाँपनि त्यस्तै हालत हुने त होइन भन्ने चिन्ता पनि छ । नमुना आधुनिक सहरले घोरेटादेखि घाट गाउँसम्मको भेरी नदी किनारको ११५ किलोमिटर क्षेत्रलाई समेट्छ । अल्पकालीन र मध्यकालिक योजना भेरीगंगा, गुर्भाकोट र लेकवेशी नगरपालिकाको ४६० वर्ग किलोमिटर क्षेत्रभित्र पर्ने भनिएको छ । यद्यपि ! यो सपनाको शहरले २० वर्षभित्र व्यवस्थित र आधुनिक सहर निर्माण गरेर भावी पुस्तालाई नासोको रुपमा सुम्पने स्थानीयको चाहना छिट्टै पुरा गराउन सबै पक्षको समन्वय तथा सहयोग अपरिहार्य रहन्छ । आधुनिक बस्ती विकासका लागि तीन तहका सरकारबीच सहकार्य हुन अति जरुरी मात्र होइन अपरिहार्य हो । नयाँ सहर निर्माणका लागि तीव्र गतिमा काम गर्न सके मात्र सपनाको शहरले विपनामै मूर्तरुप देख्न सकिनेछ । अहिले देखि नै सपनाको शहर बनाउनका लागिसबै तह र तप्का जुट्न आवश्यक देखिन्छ ।

Translate »