औषधि उत्पादनमा लगानी बढाऔं !

कोभिड–१९ को महामारी भित्रिइसकेपछि भारतले २६ प्रकारका अत्यावश्यक औषधी निर्यातमा रोक लगायो । भारतले निर्यातमा प्रतिबन्ध लगाएसँगै त्यसबाट उत्पन्न समस्या टार्न देश मात्र होइन, कर्णालीले पनि आफ्ना प्रयासहरु सुरु ग¥यो । औषधी अभावको त्रास आम नागरिकस्तरमै पुग्यो तर औषधी उत्पादन गर्नुपर्छ भन्ने सोच त्यसपछि सरकारी स्तरसम्मै पुग्यो । जडिबुटीको भण्डार रहेको कर्णाली प्रदेशमा धेरै नभएपनि सानो स्तरबाट भएपनि औषधि उत्पादन गर्नुपर्छ भन्ने सोच पलायो । त्यसपछि कर्णाली प्रदेशमै ११ प्रकारका आयुर्वेदिक औषधि उत्पादन हुन थाले । प्रदेश राजधानी सुर्खेत स्थित प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रले उत्पादित गरेका औषधिहरू औषधालय र कर्णालीका अन्य जिल्लाका आयुर्वेद संस्थाहरूबाट निःशुल्क रूपमा वितरण गरिन थाले । कर्णाली प्रदेश सरकारको सहयोगमा यसरी उत्पादन हुने औषधिहरू बनाउन कार्यालयले कृषकहरूबाट सिधै जडीबुटी खरिद गर्ने ग¥यो । ग्यास्ट्रिक, पेटको रोग, बाथलगायतका बिरामीको उपचारका लागि २०७७ बाटै ती औषधि उत्पादन हुन थाले ।उत्साहित कर्णाली प्रदेश सरकारले वार्षिक १० देखि १५ लाखसम्म बजेट व्यवस्था गर्न पुग्यो । कर्णालीका किसानहरूबाट जडीबुटीहरू किनेर औषधि उत्पादन भइरहँदा जहाँ केहीलाई रोजगारी सँगै कृषकको आम्दानी समेत बृद्धि भयो । अर्कोतर्फ स्वेदश औषधि गुणस्तरीय हुनुका साथै सरकारी अनुदानले नागरिकलाई निःशुल्क उलब्ध हुन थाल्यो । कर्णालीमा उपलब्ध नभएका जडीबुटीहरू भने नेपालगन्ज, काठमाडौंलगायतबाट समेत ल्याउन थालियो । आवश्यकताले जे काम गरेपनि सफल हुन्छ भन्ने पुष्टि भयो ।

सोचेजस्तो स्रोतसाधन नहुँदा हुँदै कम मात्रै भएपनि औषधि उत्पादनले निरन्तरता पाईरह्यो । त्यसपछि संघ सरकारले समेत औषधि निर्माण गर्नका लागि छुट्टै फार्मेसी भवन समेत बनाई दियो । अझैपनि प्रदेश सरकारले बजेट र जनशक्ति दिन सके आयुर्वेद औषधिहरूको बजारीकरण गरेर राम्रो आम्दानी लिन सकिने धेरै आधारहरु तयार भएका छन् । प्रदेश सरकारले दिर्घकालिन सोच बनाउन सके कर्णालीका करोडौं पर्ने जडीबुटीहरुलाई कौडीको मूल्यमा बेच्न पर्ने दिनको छिट्टै अन्त्य गर्न सकिन्छ । अहिले पनि अस्पतालबाट दैनिक १ सय बढी बिरामीले प्रदेश सरकारले दिएको अनुदानबाट उत्पादित औषधिहरु निःशुल्क सेवन गरेर स्वास्थ्य लाभ लिईरहेका छन् । अस्पताले आयुर्वेद औषधी निःशुल्क वितरण, प्रयोगशाला सेवा, क्षारसुत्र सेवा, पूर्वकर्म पञ्चकर्म सेवा बिहानी तथा दिवा सेवा, ज्येष्ठ नागरिक स्वास्थ्य रक्षा तथा प्रवद्र्धन कार्यक्रम, स्तनपायी आमाका लागी निःशुल्क स्तन्यवर्धक औषधी वितरण सेवा, स्वास्थ्य जीवन जीवनशैली व्यवस्थापन, दैनिक योग ध्यान, जनचेतनामूलक कार्यक्रम तथा आयुर्वेद, जडीबुटी सम्बन्धी जनचेतनामूलक कार्यक्रम, निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, विद्यालय आयुर्वेद शिक्षा कार्यक्रम, एक्सरे सेवा, भिडियो एक्सरे, सःशुल्क फार्मेसी सेवा सञ्चालन, फिँजियो थेरापी सेवा, अकुपंचर सेवा लगायत पन्ध्र प्रकारका सेवाहरु दिइरहेको छ ।

तर, ठेकेदारको बेईमानीले तोकिएको समयमा नयाँ भवन नबनाई दिँदा सेवा प्रवाहमा धेरै समस्याहरु साम्ना गर्नु परिरहेको छ । प्रदेश सरकारले बेइमान ठेकेदारलाई कार्वाही सिफारिस गर्न तत्काल एक्शन लिन जरुरी भईसक्यो । अस्पतालको स्तरोन्नतीका लागि अब प्रदेश सरकाले योजनाबद्ध प्याकेजमै कार्यक्रम बनाएर जडिबुटीको सदुपयोगसँगै दिगो आम्दानी बारेमा सोच्न आवश्यक भईसक्यो । औषधालयबाट अनुसन्धान केन्द्र समेत बनिसकेको परिप्रेक्षमा अस्पतालले हाल अवियतिकर चूर्ण, हिंवास्टक चूर्ण, आमलागि चूर्ण, सिनोपलादि चूर्ण, अश्वगन्धा चूर्ण, गुडुचि चूर्ण, त्रिफुला चूर्ण, अतृ चिया, पिडाहरू तेल, पित्तहर, च्यावनप्राश लगायतका ११ प्रकारका औषधी उत्पादन गरेर नयाँ ईतिहास कोरेको छ । सानै स्तरबाट शुरु भएको औषधि उत्पादन कार्यलाई प्रोत्साहन गरि देश विदेशमा बजारीकरण गर्न ढिलाई नगरौं । यसबाट प्रदेशका जडिबुटीले उचित मूल्य पाउनुका साथै दिगो आम्दानी र रोजगारी समेत सृजना हुनेछन् । यस्तो शुभ कार्यमा प्रदेश सरकारले अब अरु देर नगरौं । लगानी बढाएर उद्यमशीलतालाई प्रोत्साहन गरौं । स्वदेश उत्पादन गरी आत्मनिर्भरताका लागि तत्काल एक कदम अगाडि बढौं । ईतिहास कोरेर नयाँ मूल्य मान्यता स्थापिता गरौं ।

Translate »