भूकम्पबाट पाठ सिखौं !

हाम्रो देशमा भूकम्प आउँछ, जान्छ । बिर्सिइन्छ । २०७२ सालको महाभूकम्पले देशलाई धेरै कुरा सिकाउन चाहेको थियो । केही दिन सबैको मनमा त्यो पस्यो । आलो घाउ पुरिँदै जाँदा बिर्सने रोगले छोइहाल्यो । पूर्वतयारी र सजगतामा राज्यले जे–जेति हेक्का पु¥याउनुपथ्र्यो, हुन सकेन । त्यही कारण जाजरकोट केन्द्रबिन्दु भई शुक्रबार मध्यराति आएको ६.४ रेक्टरको भूकम्पले ठूलो जनधनको क्षति हुन पुग्यो । भूगर्भविद्हरुले मुलुकमा ठूला भूकम्पका जोखिम औंल्याउँदै आएका छन् । पश्चिमी भूभाग अझै जोखिममा छ । त्यसलाई ध्यान यसकारण तत्काल दिनु आवश्यक छ, जसले गर्दा पुनः यस्ता घटनामा ठूलो क्षति बेहोर्नु नपरोस् । भूकम्प मात्र यस्तो विपत्ति हो, जसलाई मानवीय प्रयासमा रोक्न÷छेक्न सक्ने प्रविधि हालसम्म बनेको छैन । त्यसैले हाम्रोजस्तो जोखिममा रहेको देशले गर्न सक्ने र गर्नुपर्ने भनेकै दर्बिलो पूर्वतयारी हो । सरकारले आफ्ना नीति तथा कार्यक्रममा यस्ता विषय अलि पहिल्यैबाट समेट्नु पथ्र्यो । अझै समेट्न सकेको छैन । पश्चिम नेपालमा विगत ५ सय वर्षदेखि ठूलो भूकम्प नगएकाले त्यहाँ ठूलो भूकम्प आउन सक्ने चेतावनी भूगर्भविद्हरुले दिँदै आएका थिए । नभन्दै शुक्रवार राति त्यहाँ ठूलो भूकम्प गयो जसबाट डेढ सयभन्दा बढीको ज्यान गएको छ भने माटाले बनेका प्रायः सबै घर ध्वस्त भएका छन् ।

त्यसैले नेपालले यस्तो जोखिमबाट जोगिन विभिन्न मापदण्ड तयार गर्नुका साथै पूर्वतयारीलाई पनि प्रभावकारी बनाउनु आवश्यक देखिएको छ । भूकम्पीय जोखिम उच्च भएपनि कहिले कुन ठाउँमा कति रेक्टर स्केलको भूकम्प जाने हो ठेगान छैन ।  भूकम्प जाने कुरालाई कसैले पनि रोक्न सक्दैन । तर, अलिकति होसविचार गर्ने हो भने क्षति न्यूनीकरण गर्न सकिन्छ । वास्तवमा भूकम्प आफैले न मानवीय क्षति पु¥याउने हो न त भौतिक क्षति नै पु¥याउने हो । यस्तो क्षति पुग्नुको कारण मानिस नै हो । कमजोर पूर्वाधार बनाउने तथा भूकम्प आउँदा र आएपछि गर्नुपर्ने कामबारे नजानेर पनि धेरैको धनमाल र जिउज्यानको नोक्सान भएको पाइन्छ । त्यसैले यस्तो क्षतिमा प्रकृतिलाई दोष दिनु हुँदैन । भूकम्पबाट हुने सबै क्षति भनेको कमजोर घर निर्माण नै हो । भूकम्प फेरि फेरि पनि आइरहन सक्छ । भूकम्पबाट हुने क्षति कम गर्न सरकारले भवन निर्माण आचारसंहिता पनि तयार गरेर लागू गरेको छ । तर, कस्ता घर निर्माण गर्ने, कति ठूला निर्माण गर्ने ? कति पुराना भएपछि पुनः नयाँ बनाउने, घर बनाउने ठाउँ कस्तो हुनुपर्ने ? जस्ता कुरालाई अब बेवास्ता गर्नु हुँदैन ।

नयाँ घर बनाउँदा भूकम्प प्रतिरोधी बनाउन सकिएला, तर पुराना घरका बारेमा के गर्ने भन्ने कुरामा सरकारले कुनै नीति लिएको छैन । अझै पनि ग्रामीण भेगमा त्यस्ता घरहरु प्रशस्त छन् । नयाँ घर पनि बनिरहेका छन् । माटोले बनाए पनि सिमेन्टले बनाए पनि भूकम्पप्रतिरोधी घर बनाउन अनिवार्य गर्ने र पुराना घरलाई सबलीकरण गर्ने वा आवश्यक परे नयाँ बनाउन सरकारले सहयोग गर्ने नीति लिनु आवश्यक देखिन्छ । तर, अझै पनि शहरी क्षेत्रमा समेत भवन निर्माणको आचारसंहिता पालना नगरेको पाइन्छ । सरकारले लागू गरेको भवन निर्माण संहिता हरेक पालिका र वडाले कडाइका साथ लागू गर्नुपर्छ । घर ठूला होइन सुरक्षित बनाउनुपर्छ भन्ने सोचको विकास हुनुपर्छ । जाजरकोट घटनाबाट सरकारले विपत्तिको सामना गर्न पूर्वतयारी र उद्दारका लागि विशेष तयारी गर्न आवश्यक देखिन्छ । बिपद्को यस घडीमा सबै नेपाली एकताबद्ध भएर उद्दार, राहत र उपचारमा खटिनुपर्छ । देश दुखेको पल मनहरु मिल्नुपर्छ । यो संकट तत्काल पार लगाएर भावी संकटहरुबाट जोगाउने नीति÷रणनीति ल्याउन ढिला गर्नुहुँदैन ।

Translate »