नीजि एयरलायन्सका जहाज हुम्ला जान नमानेपछि हेलिकप्टरबाट खाद्यान्न ढुवानी

हुम्ला । नीजि एयरलायन्सका जहाज हुम्ला जान नमानेपछि हेलिकप्टरबाट खाद्यान्न ढुवानी भईरहेको छ । खाद्यान्नको सहज आपूर्तिका लागि हुम्लामा हेलिकप्टरबाट चामल ढुवानी गर्नु परेको हो । जिल्ला सदरमुकाम सिमकोटमा गत मंसिर ८ गतेदेखि हेलिकप्टरबाट चामल ढुवानी भईरहेको छ ।

काग्रो जहाजले ढुवानी गर्न नमानेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले हेलिकप्टरबाट चामल ढुवानी गर्नु परेको हो । सुर्खेत र नेपालगन्जबाट ढुवानी हुनुपर्न चामल नीजि एयरलायन्सका जहाज पूर्वतर्फ केन्द्रित भएपछि हुम्लामा खाद्यान्न अभाव चुलिएको थियो । ढुवानी नहुँदा दशैयतादेखि सिमकोट शाखामा खाद्यान्न मौज्दात कम भएको थियो ।

मंसिर ८ गतेदेखि सिम्रिक एयरलाइन्सको हेलिकप्टरबाट सर्केगाड गाउँपालिका–३ को घिउसी र वडा नम्बर २ को ल्याप्च्याबाट ढुवानी भएपछि हुम्लामा खाद्यान्न सहज भएको छ । अहिलेसम्म हेलिकप्टरबाट २३ सय १ क्विन्टल ढुवानी भएको सिमकोट शाखा कार्यालयका सूचना अधिकारी नविन आर्चायले बताए । उनले सिम्रिक एयरको हेलिकप्टरले दैनिक २५ फलाइट सर्केगाड गाउँपालिका–२ को ल्याप्च्या र वडा नम्बर ३ को घिउसीदेखि खाद्यान्न ढुवानी गरिरहेको जनाए ।

अहलिे खाद्यान्न ढुवानी भएपछि सिमकोट गाउँपालिकाको केन्द्रबाट बिक्री भईरहेको छ । उनका अनुसार यहीं माघ २ गते ६ नम्बर वडामा, ३ गते बजारका होटेल तथा पसलहरुलाई र ४ गते कर्मचारीलाई चामल बिक्रीवितरण गर्ने कार्यक्रम रहेको छ । हवाई र स्थलगत मार्गबाट ढुवानी हुने १४ हजार क्वीनटल चामल मध्ये हालसम ३४ सय ३६ क्विन्टल सिमकोट पुगेको उनले जानकारी दिए ।

आर्थिक वर्ष २०८०÷०८१ मा १४ हजार क्विन्टल चामल हुम्लाका लागि स्वीकृत भएको छ । हुम्लामा नियमित जहाजले उडान नगरेपछि नेपालगन्ज र सुर्खेतबाट १ सय १ क्विन्टल मात्रै चामल ढुवानी भएको कम्पनीको हुम्ला शाखाको भनाई छ । हेलिकप्टरबाट २३ सय क्वीन्टल र स्थलगत नेपालगन्जदेखि ५८५ क्विन्टल, सुर्खेतबाट ३ सय क्विन्टल र धनगडीबाट १ सय क्विन्टल चामल ढुवानी भएको कम्पनीले जानकारी दिएको छ ।

Translate »