पश्चिम सुर्खेतका प्राकृतिक सम्पदाको रक्षामा जुटौं

पुखौंदेखि पश्चिम सुर्खेतका फाँटहरु अछाम, दैलेख, कालिकोट, जुुम्ला र डोटीका आम नागरिकको रोजाईमा पर्दै आईरहेको छ । कर्णाली र भेरीको दोभानदेखि पश्चिम उत्तर, पूर्व दक्षिण र उत्तरी क्षेत्र मानव जीवनको बसोवासका लागि उत्तम क्षेत्र मानिन्छ । तर, आधुनिक सुख, सुविधा र भौतिक पूर्वाधार अभावले पछाडि पारिएको पश्चिम सुर्खेत शुरुदेखि केही स्वार्थ समूहको चंगुलबाट माथि उठ्न सकेको छैन् । राणाकालिन समय विक्रम सम्वत १९९५ देखि २००३ सालसम्म भारतीय काठ ठेकेदार रतनसिंह र दानसिंहले पश्चिम सुर्खेतका गुटु, विजौरा, घाटगाउँ, तातापानी, विजु, राग, जामु जस्ता गाउँहरुबाट बहुमूल्य काठहरु भारत निर्यात गरे । तत्कालिन राणा सरकार र भारतीय रेलवे वीचको व्यवसायिक सम्बन्धले रेलवेको पटरी विछ्¥याउने कार्यका लागि पश्चिम नेपालका बहुमूल्य काठ ठेकेदार मार्फत कौडीको भाऊमा भारत पु¥याइयो । राणा सरकारहरुसँगको साँठगाँठमा मूल्यवान काठहरु भारतीय रेलवेको पटरी  विछ्¥याउन भेरी र कर्णाली नदीबाट बगाएर कैलालीको चिसापानीमा घाटगद्दी गरी त्यहाँबाट भारत पु¥याईन्थ्यो । उसबेला भारतीय ठेकेदारले पश्चिमको गुटु स्थित हाल गाउँपालिका सभाहल अगाडि सःमिल (आरा मिल) निर्माण गरेका थिए ।


त्यो चिरान मिलका अवशेषहरु पञ्चायत कालसम्म फेला पर्ने गरेका थिए । आरा मिलबाट चिरान भएको काठ धेरै पटक ट्रकबाट र केही काठ (भरिया) मान्छेबाटै बोकाएर भेरी र कर्णाली नदीमा बगाएर कैलालीको चिसापानी स्थित घाटगद्दीमा पु¥याईन्थ्यो ।  भारतीय काठ व्यवसायीले कर्णाली नदीमा फेरी (किस्ती) नै निर्माण गरी ट्रकबाट काठ तथा जडिबुटी ओसार्ने कार्य गरेका थिए । भारतीय काठ व्यवसायीहरुले पश्चिम सुर्खेतका विभिन्न स्थानमा पाईने काठसँगै जडिबुटी भारत ओसारेका थिए । ठेकेदारहरुले शारीरिकरुपले हट्टकट्टा (स्वास्थ्य) नेपालीको श्रम मात्र प्रयोग गरेनन्, वैचारिक दास समेत बनाए । भारतीय ठेकेदारदेखि स्थानीय लठेलहरुले प्राकृतिक स्रोतसाधन माथि दोहन मात्र गरेनन् सोझा नागरिकलाई जोखिमयुक्त काममा लगाए । देशमा राणा शासनको पतनसँगै आएको पञ्चायती राजले  पश्चिम सुर्खेतका नागरिकको दशा र दिशा बद्ल्न सकेन् । पञ्चायत राजले नागरिकलाई स्वतन्त्र र सचेत बनाउन ज्ञानको ज्योति फैलाउने शिक्षालय (पाठशाला) खोल्नुको साटो परनिर्भरता बढाउने कुसंस्कार (रक्सी) जस्ता गलत आहार विहारलाई प्रश्रय दियो ।  बाँठाटाँठाले आफ्ना सन्तानहरुलाई बाहिर पढ्न पठाएर आफुले गाउँमा राज गरे । पञ्चायती राजमा नै कुलतका माध्यमबाट सिधासादा मानिसलाई अप्रत्यक्ष दास बनाउन बाहिरबाटै मौआ ल्याएर गुटुमा रक्सी भट्टी समेत खोले ।

गलत आहार–विहार र कुलतले सामाजिक तथा सांस्कृतिक मूल्य मान्यता मात्र तोडिएनन्, समाजमा अशान्ति र आपसी सद्भाव भड्काएर आफुअनुकुल नियम, कानून बनाएर स्वार्थ समूहले लाभ लिए । स्थानीय छोटे राणाका लठेलहरुले आफु अनुकुल नियम, कानून बनाएर सोजा नागरिक माथि राज मात्र गरेनन्, सोझा नागरिकले आर्जेको जग्गा समेत आफ्नो नाम गरे । प्रकृतिले नै उपहारमा दिएको उर्वर पश्चिम सुर्खेतका फाँटहरुमा लहलहाउँदा साल, खयर सिसम, सानन् एवं साजलगायतका महत्वपूर्ण रुखहरु  ब्रह्रालुट गरे । कसैको नियन्त्रण नहुँदा तस्करदेखि स्वार्थ समूहले विभिन्न आवरणमा अहिलेपनि प्राकृतिक स्रोत साधनमाथि आफुखुशी अंधाधुन्ध दोहन गरिरहेका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरदेखि करिव ६० किलोमिटरको दुरीमा रहेको गुटु पुग्न मोटरसाइकलमा डेढदेखि २ घण्टा लाग्छ । मोटरसाइकल विस्तारै चलाउनेलाई ३ घण्टा समय लाग्न सक्छ । अहिले फेरी तथाकथित लोकतन्त्रदेखि गणतन्त्रसम्मको वकालत गर्नेहरुले समेत राजनीति आवरणमा पश्चिम सुर्खेतका प्राकृतिक सम्पदामाथि खेलवाड गरिरहेका छन् । प्राकृतिक स्रोत साधनमाथिको अबैध कालोधन्दालाई निस्तेज गर्न नागरिक जागरुक हुन जरुरी छ । सबै काम सरकारको मात्र मुख ताकेर हुँदैन् । नागरिक जवाफेहितासँगै कर्तव्य समेत पुरा गर्न पछि नपरौं । पश्चिम सुर्खेतको प्राकृतिक सम्पदा जोगाउने जिम्मेवारी त्यहाँका नागरिक हो । सचेत र सजग बन्दै काला करतुतको भण्डाफोड गरौं । भावि पुस्तालाई प्रकृतिको अनुपम उपहार दिन संरक्षणमा जुटौं ।

Translate »