जन नमूना माविको अन्तर सदनात्मक खेलकुद प्रतियोगिता शुरु

सन्तोष श्रेष्ठ /सुर्खेत । सुर्खेत कर्णाली प्रदेशकै अब्बल सुर्खेतको वीरेन्द्रनगर स्थित जन नमूना माध्यमिक विद्यालयको अन्तर सदनात्मक खेलकूद प्रतियोगिता शुरु भएको छ । बुधबार अन्तर सदनात्मक खेलकूद प्रतियोगिताको उद्घाटन गर्दै वीरेन्द्रनगर ६ नम्वरका वडाध्यक्ष जनक रावलले विद्यार्थीका लागि अध्ययनसँगै खेलकुद स्वस्थ्य जीवनका लागि उत्तिकै आवश्यक रहेको बताए ।
उनले विद्यार्थीलाई खेलकूदको माध्यमबाट शारीरिक र मानसिक रुपमा स्वस्थ राख्न अतिरिक्त क्रियाकलापलाई आफ्नो दैनिकी बनाउन सुझाव दिए । विद्यालयका प्रधानाध्यापक यामबहादुर विसीले विद्यार्थीलाई पढाइसंगसंगै खेलकूदमा समेत अव्वल बनाउने उद्देश्यले अन्तर सदनात्मक खेलकुद प्रतियागिताको आयोजना गरिएको जनाए ।

कार्यक्रममा विद्यार्थीहरुले मार्चपास, झण्डोत्तलन गरेका थिए भने उनीहरुलाई प्रधानाध्यापक श्रेष्ठले राष्ट्रिय झण्डा र विद्यालयको झण्डा हरुतान्तरण गरेको विद्यालयका शिक्षक मदन ढकालले जानकारी दिए । उनका अनुसार बुधबार भलिवल, एथलेटिक्स, कवड्डीलगायतका खेलहरुको प्रारम्भिक चरणहरु शुरु भएका छन् । अन्तर सदनात्मक खेलकुद प्रतियोगिता शुक्रबारसम्म सञ्चालन हुने उनको भनाइ छ ।