सल्यानबाट ६ महिनामा २६ करोडको तरकारी तथा फलफूल निकासी

सल्यान । बेमौसमी तरकारी उत्पादनका लागि ख्याति कमाएको सल्यानले गत असारदेखि मङ्सिर सम्ममा २६ करोड बढी रुपैयाँ भित्र्याउन सफल भएको छ ।

यहाँ गत असारदेखि मङ्सिर सम्म ४८ लाख ५७ हजार २ सय ४६ किलो ताजा तरकारी तथा फलफूल बिक्रीबाट २६ करोड ६४ लाख ४९ हजार ८ सय ६१ रुपैयाँ कृषकले हात पारेका छन् ।

यहाँ गतका वर्षहरूको तुलनामा यस बर्ष तरकारी उत्पादनमा र मूल्यमा पनि वृद्धि भएको छ । गत आर्थिक बर्ष २०७९÷८० को झण्डै ६ महिनामा १७ करोड २३ लाख १६ हजार ५ सय ९० रुपैयाँको ४२ लाख ९ हजार ९२ किलो ताजा तरकारी, फलफूल र अदुवा बिक्री भएको थियो ।

यस बर्ष गत वर्षको तुलनामा तरकारीको उत्पादन बढेको र मूल्य पनि राम्रो पाएको कृषि उपज बजार सञ्चालक समिति कपुरकोटले जनाएको छ ।

देशकै दोस्रो तरकारी सङ्कलन केन्द्र कपुरकोटमा असारदेखि मङ्सिर सम्म बजार सञ्चालन हुने गर्दछ । कृषकले उत्पादन गरेको टमाटर, काउली, बन्दागोभी, भेडे खुर्सानी, सिमी, फर्सी, आलुलगायतका बेमौसमी तरकारीले यस पटक राम्रो बजार मूल्य पाएको कृषि उपज बजार सञ्चालक समिति कपुरकोटका अध्यक्ष तिलक शर्माले जानकारी दिए ।

उहाँका अनुसार कपुरकोटबाट देशका विभिन्न शहर बजारका व्यापारीहरूले ताजा तरकारी ४६ लाख ३० हजार ८ सय ७१ किलो, अदुवा १ लाख २४ हजार १९ किलो र १ लाख २ हजार ३ सय ५६ किलो फलफूल खरिद गरेर लगेका छन् ।

कपुरकोट क्षेत्रबाट सबैभन्दा धेरै टमाटर बिक्री भएको छ । जसमा १३ लाख ६९ हजार ४ सय ७५ किलो टमाटर बिक्रीबाट कृषकले ८ करोड २३ लाख ८३ हजार ३८ रुपैयाँ आम्दानी गरेका छन् ।

यस्तै बन्दागोभी ९ लाख ११ हजार १ सय ५९ किलो बिक्रीबाट २ करोड ३६ लाख २५ हजार ४ सय ३७ रुपैयाँ आम्दानी भएको छ ।

यस्तै काउली ७ लाख ५ सय ४२ किलो बिक्रीबाट ३ करोड ४४ लाख ४५ हजार ३ सय ८९ रुपैयाँ, सिमी ४ लाख ९८ हजार ४ सय ३० किलो बिक्रीबाट ३ करोड ५१ लाख १६ हजार ४ सय ९३ रुपैयाँ आम्दानी भएको छ ।

भेडे खुर्सानी ३ लाख ५१ हजार ६ सय ८१ किलो बिक्री गर्दा रु २ करोड ६१ लाख ८४ हजार ८ सय ३२, हरियो खुर्सानी मोटो १ लाख १७ हजार ७९ किलो बिक्री गर्दा ७९ लाख ८८ हजार ३ सय ९, हरियो खुर्सानी मसिनो ९५ हजार ३ सय ८ किलो बिक्रीबाट ६३ लाख २६ हजार ३ सय ५, माछे खुर्सानी ५४ हजार २ सय २ किलो बिक्रीबाट ३१ लाख ५१ हजार ५ सय ५८ र अकबरे खुर्सानी ४० हजार ७ सय ४७ किलो बिक्रीबाट ४५ लाख ४ हजार २ सय ५३ रुपैयाँ आम्दानी भएको छ ।

काँक्रो १ लाख ७६ हजार ३ सय ४६ किलो बिक्रीबाट ६३ लाख १७ हजार २ सय ९, काँक्रो लोकल १ लाख ८ हजार ९ सय ७९ किलो बिक्रीबाट ६६ लाख ४५ हजार ४ सय ७२, मुला ३६ हजार ७ सय ६५ किलो बिक्रीबाट १३ लाख २६ हजार ३ सय ८९, अदुवा पुरानो ५९ हजार १ सय ७८ किलो बिक्रीबाट ८२ लाख ७५ हजार १ सय ५१ र अदुवा नयाँ ६४ हजार ८ सय ६१ किलो बिक्रीबाट ३६ लाख ९२ हजार ४४ रुपैयाँ आम्दानी भएको छ ।

यस्तै साग २२ हजार ६ सय ५६ किलो बिक्रीबाट १८ लाख ३० हजार १५, धनियाँ २२ हजार ७८ किलो बिक्रीबाट १८ लाख ९४ हजार ४ सय ९९, नास्पाती १७ हजार २ सय ६ किलो बिक्रीबाट २ लाख ६२ हजार ७ सय ७०, आँप १६ हजार ६ सय ८८ किलो बिक्रीबाट ५ लाख ८१ हजार ५ सय ६०, कागती ५१ हजार ४ सय ८२ किलो बिक्रीबाट ३२ लाख ९९ हजार ४ सय ३० र अमिलो ४ हजार ४ सय ३० किलो बिक्रीबाट ६४ हजार १ सय ५० रुपैयाँ आम्दानी भएको छ ।

स्कुस १२ हजार ५ सय ४५ किलो बिक्रीबाट १ लाख ८४ हजार ५ सय ५०, फर्सी १२ हजार २ सय ५० किलो बिक्रीबाट २ लाख १० हजार १ सय ७५, भान्टा १३ हजार १ सय ९६ किलो बिक्रीबाट ५ लाख २ हजार ३ सय ३५, तितेकरेला १७ हजार ३ सय ३ किलो बिक्रीबाट ८ लाख २४ हजार ९ सय ८२, आलु १३ हजार ४ सय ३० किलो बिक्रीबाट ५ लाख ८० हजार ८ सय ५०, लोकल सिमी १२ हजार ८ सय ८५ किलो बिक्रीबाट १० लाख ७ हजार ३ सय र राज्मा सिमी २५ हजार ९ सय ९ किलो बिक्रीबाट ३५ लाख ७५ हजार ९ सय ४५ रुपैयाँ आम्दानी भएको छ ।

यस्तै, लसुन १ हजार ५ सय ८० किलो बिक्रीबाट १ लाख २६ हजार ४ सय, चुच्चे करेला १५ हजार ७ सय ६६ किलो बिक्रीबाट ८ लाख ४२ हजार ६ सय ९७, सुन्तला १२ हजार ५ सय ५० किलो बिक्रीबाट ६ लाख १० हजार ३ सय २५ र केराउ ५ सय ६० किलो बिक्रीबाट ७० हजार रुपैयाँ आम्दानी भएको छ । (रेडियो नेपाल)

Translate »