सुर्खेतमा तीन दर्जन अबैध ढक तराजु जफत

सुर्खेत । सुर्खेत सदरमुकाम स्थित बसपार्क क्षेत्रका फलफूल तथा घुमन्ते व्यापारीले अवैध ढक, तराजु प्रयोग गरिरहेको भेटिएको छ । कम तौल दिएर उपभोक्तालाई ठगि गरिरहेको गुनासो आएपछि आज गुणस्तर तथा नापतौल कार्यालय सुर्खेतले गरेको बजार अनुगमनका क्रममा व्यापारीले प्रमाणीकरण नगरिएका अवैध भारतीय ढक र तराजु प्रयोग गरेको भेटिएको हो ।
यात्रुलाई प्लाष्टिकको पोका र ठेलामा फलफूलको व्यापार गर्ने अधिकांश भारतीय नागरिकले कम तौल भएका ढक र बिग्रेका तराजु प्रयोग गर्ने गरेको भेटिएको अनुगमन टोलीले जनाएको छ । अनुगमन टोलीले तीन दर्जन अबैध ढक तराजु जफत गरेको गुणस्तर तथा नापतौल कार्यालय सुर्खेतका निमित्त प्रमुख टोपेन्द्र विकले जानकारी दिए ।

उनले अनुगमनका क्रममा घुमन्ते र ठेलामा तरकारी तथा फलफूल विक्रेताले ढुङ्गाको ढक राखेर तौलिने गरेको, स्पिरिङ्ग काँटा र भारतीय ढक प्रयोग गरि कम तौल दिएर उपभोक्तालाई ठगि गरिरहेको पाईएपछि ढक तराजु जफत गरिएको बताए ।
उनका अनुसार व्यवसायीलाई पहिलो पटक अबदेखि त्यस्तो नगर्न सचेत गराईएको र फेरि दोहो¥याएमा कारबाही गरिने चेतावनी दिइएको छ । हरेक २/२ वर्षमा नाप तौल विभागले प्रमाणीकरण गरेका ढक तराजु मात्रै व्यापारीले प्रयोग गर्न पाउने व्यवस्था छ ।