सुर्खेतमा भन्सार छलीका अबैध सामान बरामद

 सुर्खेत । पछिल्लो समय सुर्खेतमा अवैध सामान ओसार पसार गर्ने क्रम बढेको छ । जिल्लाको मुख्यनाका बबई चेकपोष्टबाट राजश्व छली गरेर सामान आयात निर्यात गर्ने क्रम दिनानुदिन वृद्धि हुँदै गएपछि अबैध समान बरामदमा बढोतरी भएको हो ।

सुर्खेत प्रहरीले जिल्लाको भेरीगंगा नगरपालिका–५, बबई चेक प्वाईन्टमा सवारी चेकजाँचका क्रममा करिब ३० लाख रुपैयाँ बराबरको अबैध विभिन्न सामान बरामद गरेको जनाएको छ । चेक पोष्टबाट खटिएको प्रहरी टोलीले विभिन्न सवारी साधनको चेकजाँच गर्ने क्रममा अबैध भन्सार छलि गरि ल्याईएका चिनी, प्याज, केराउ, कपडा र सुर्ती बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले जानकारी दिए ।


उनले बा५ख–६२०६ नम्वनरको फोर्स गाडीबाट १२५ किलो चिनी, लु२ख–५७८४ नम्वरको फोर्स गाडीबाट २५ किलो चिनी र ३० किलो प्याज, ना३ख–४२७५ नम्वरको फोर्स गाडीबाट ११० किलो चिनी, ३० किलो केराउ र ७५ पोका सुपरपावर सुर्ती, भे१ज–९२१ नम्वरको जीपबाट ४० किलो चिनी र २५ पोका सुपरपावर सुर्ती तथा ना४ख–४६३९ नम्वरबो बसबाट ११५ पीस कुर्ता–सुरुवाल, ना५ख–५६०८ नम्वरको फोर्स गाडीबाट १ सय किलो प्याज र लु२ख–४९७ नम्वरको हाईस गाडीबाट ७५ किलो चिनी वरामद गरिएको बताए ।

आवश्यक कार्वाहीका लागि आजै अबैध बरामद सामान भन्सार कार्यालय नेपालगञ्ज पठाउने तयारी भईरहेको ईलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख (प्रहरी निरीक्षक) मन्दिप चौहानले जानकारी दिए ।

Translate »