आज चैत ७ गते बुधबारको राशिफल

राशिफल :– तपाईंको आजको दिन कस्तो रहनेछ  ?

मेष – वैदेशिक क्षेत्रमा सुधारका संकेत देखिने छन् । सामाजिक क्षेत्रमा खटपटी हुनेछ । परिवारले तपाईंको बोली नसुन्ने खतरा देखिन्छ । दिन सामान्य भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ ।

वृष – समय राम्रो छ । आफ्नो मनले खाएको क्षेत्रमा लगानी गरेको भए फाइदा हुनेछ । शिक्षामा सफलता मिल्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । स्वदेशी लगानीबाट उत्साह बढ्नेछ ।

मिथुन – दैनिकी राम्रो छ । धनलक्ष्मी योग परेको छ । शेयरमा फाइदा हुनेछ । तपाईंले श्रम गरेको क्षेत्रमा प्रगति हुनेछ । सामाजिक क्षेत्रमा विश्वास बढ्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कर्कट – दिन राम्रो छ । विरोध गर्ने र प्रतिस्पर्धीहरु शान्त छन् । लगानी गरेको क्षेत्रबाट राम्रो आम्दानी हुनेछ । परिवारमा एक अर्काको मर्म नबुझ्दा खटपटी हुनेछ । विदेशतर्फकको आकर्षण बढ्ने देखिन्छ ।

सिंह – दिन राम्रो छ । तपाईंको प्रशंसा हुनेछ । खुट्टा तान्नेहरु सक्रिय भएकाले व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ । व्यक्तिगत योजना अनुसार अगाडि बढ्नु राम्रो हुन्छ । आर्थिक र सामाजिक क्षेत्रमा प्रगति हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कन्या – समय राम्रो छ । मेहनतको फल प्राप्त हुनेछ । शिक्षा क्षेत्रमा सफलता मिल्नेछ । राम्रो कामको सुरुवात गर्ने दिन छ । साथीको साथ रहनेछ ।

तुला – दिन राम्रो छ । राम्रो काम गर्ने अवसर प्राप्त हुनेछ । अधुरो काम बन्नेछ । साथीसँग भेट हुनेछ । परिवारको साथ र सहयोग निरन्तर रहनेछ । स्वदेशकै लगानीमा चित्त बुझाउनुपर्ने समय छ ।

वृश्चिक – समय राम्रो छ । रोकिएको काम बन्नेछ । शिक्षामा प्रगति हुनेछ । वैदेशिक क्षेत्रमा फाइदा हुनसक्छ । पश्चिमको यात्रामा भने नजानु राम्रो हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।

धनु – दिन सामान्य छ । तपाईंलाई असफल बनाएर हाँस्नेहरु सक्रिय छन् । प्रतिवादमा खरो रुपमा प्रस्तुत हुनुपर्ने दिन छ । आज सबै क्षेत्रमा सोचेर काम गर्नुपर्ने देखिन्छ ।

मकर – दिन राम्रो छ । वैदेशिक क्षेत्रबाट राम्रो फाइदा हुनेछ । शिक्षा भन्दा स्वास्थ्यमा लाभ हुनेछ । सामाजिक क्षेत्रमा मानसम्मान प्राप्त हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।

कुम्भ – आजको दिन सामान्य छ । गलत बाटो देखाएर असफल बनाउने साथी सक्रिय छन् । बोलीमा रुखोपन बढ्ने भएकाले सचेत हुनु राम्रो हुन्छ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ । परिवारको साथ रहनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

मीन – समय राम्रो छ । बोलीको प्रभावले धेरै काम बन्ने देखिन्छ । परिवारको साथ र सहयोग रहनेछ । शिक्षा क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ । खर्च बढी हुने दिन भएकाले सचेत भएर काम गर्नुपर्ने देखिन्छ । पुरानो रोगले भने छोड्नेछ ।

Translate »