कर्णाली जलश्रोतले आईपीओ निष्कासन गर्ने
काठमाडौं । कर्णाली जलश्रोत लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित असोज १२ गते वार्षिक साधारण सभा बोलाएको हो ।
सभा काठमाडौंको शंखमुलस्थित ए–वान क्याफे एन्ड ब्यांकेटमा बिहान ११ बजे शुरु हुनेछ ।
सभामा आर्थिक वर्ष २०८०/०८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत सभाको कार्यसूचीमा समावेश गरिएको छ ।