कर्णाली राजमार्ग फेरि अवरुद्ध


कालीकोट । कालिकोट सडक खण्डअन्तर्गत गगने खोलामा पहिरो जाँदा फेरि कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।
कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । केही दिन अगाडि गगनेखोलामा पहिरो जाँदा एक साता जति राजमार्ग अवरुद्ध भएको थियो । सडक अवरुद्ध हुँदा हजारौं यात्रु अलपत्र परेका थिए भने यो पटक पनि यात्रुहरूले सास्ती खेप्नु परेको छ ।

बिहान ६ बजेदेखीनै पूर्ण रुपमा सडक अवरुद्ध भएकोले अवस्था बुझेर मात्रै यात्रा गर्न समेत अनुरोध गरिएको छ । दुई हप्ता सडक अवरुद्ध भएको पाँचौँ दिनमा खुलेको थियो ।
त्यतिबेला सबैभन्दा बढी जोखिम दैखोला र गगनेखोलामा थियो । हाल फेरि गगने खोलाकै पहिला पहिरो गएकै ठाउँको करिब २० मिटर सडक भत्किएपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।

