सुर्खेतका डिएफओ श्रेष्ठलाई निजामति सेवा सम्मान
काठमाडौं । डिभिजन वन कार्यालय सुर्खेत वीरेन्द्रनगरका डिभिजन वन अधिकृत बसन्तबाबु श्रेष्ठर्ला निजामति सेवा सम्मानबाट पुरस्कृत गरिएको छ ।
चन्द्रलोक प्रतिष्ठानले शनिबार काठमाडौंमा निजामति सेवा दिवसको अवसर पारेर डिएफओ श्रेष्ठलाई निजामति सेवा सम्मान २०८१ बाट पुरस्कृत गरेको हो ।
नेपाल सरकारको निजामती कर्मचारी प्रशासनको माध्यामबाट देशको विकास र नेपाली नागरिकप्रति समर्पित रहि आफ्नो सेवाकालमा गरेका पवित्र र उत्कृष्ट कार्यहरुको उच्च मुल्यांकन गर्दै निजामती सेवा दिवस–२०८१ को शुभ अवसरमा चन्दलोक प्रतिष्ठानका तर्फबाट उनलाई ‘निजामती सेवा सम्मान २०८१’ प्रदान गरिएको छ ।
हाल डिभिजन वन कार्यालय सुर्खेतमा डिभिजनल वन अधिकृत पदमा कार्यरत श्रेष्ठले सेवाग्राहीको मन, बचन र कर्मले निरन्तर उल्लेखनिय सेवा प्रवाह गरे वापत निजामति सेवा सम्मानबाट पुरस्कृत गरिएको आयोजकले बताएका छन् ।
विक्रम् सम्वत् २०३१ साल मंसिर १५ गतेका दिन पिता चित्रबहादुर श्रेष्ठ र माता भीमकुमारी श्रेष्ठको कोखबाट चितवन जिल्लाको भरतपुर महानगरपालिका–५, मिलन चौक निवासी श्रेष्ठले २०५४ साल मंसिर १८ गतेदेखि रेन्जरबाट निजामती सेवामा प्रवेश गरेका थिए ।