२०८३ असोज २४ , शनिबार
Sky News Nepal
October 10, 2026

नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज सल्यानको अध्यक्षमा धर्मराज थापा



सल्यान । नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज सल्यानको अधिवेशनले धर्मराज थापालाई अध्यक्षमा निर्वाचित गरेको छ ।

शनिबार सम्पन्न अधिवेशनले थापाको अध्यक्षतामा नौ सदस्यीय जिल्ला कार्यसमित सर्वसम्मत चयन गरेको हो । अधिवेशनले उपाध्यक्षमा गणेश रावल, सचिव शारदा भन्डारी र कोषाध्यक्ष रमेश थारु तथा सदस्यहरुमा गिता नेपाली, महेश्वरी कुमारी भट्ट, रेजिना न्यौपाने, रिता कुँवर र तम ठकुरीलाई चयन गरेको हो ।

उक्त अवसरमा नवनिर्वाचित जिल्ला कार्यसमितिलाई आयुर्वेद स्वास्थ्य केन्द्र सल्यानका प्रमुख डा. सम्झना जिसि, नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजका केन्द्रिय सदस्य हेमन्त चन्द ,समाज कर्णाली प्रदेश समिति सदस्य खडक विक लगायतले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज कर्णाली प्रदेश अध्यक्ष छविलाल खड्काले प्रतिकुल परिस्थितका वावजुदपनि प्रदेशका विभिन्नि जिल्लाहरुको अधिवेशन सफलता पूर्वक सम्पन्न हुने क्रम जारी रहेको स्काई न्यूजलाई जानकारी दिए ।

उनले सल्यान जिल्ला अधिवेशन ऐतिहासिक रुपमा जिल्ला सदरमुकाम भन्दा टाढा कपुरकोट–५, रिमगाउँ आयुर्वेद औषधालयमा सम्पन्न भएको .बताए । नवनिर्वाचित कार्यसमितिलाई समेत उनले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २०८३ असोज २४ गते शनिबार
Translate »