

काठमाण्डौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मतदानको समय भोलि अर्थात शुक्रबार बिहान ७ बजेसम्मका लागि सारिएको छ ।

आज बिहान १० बजेका लागि तय गरिएको मतदान तीनपटक सारेर दिउँसो साढे २ बजेका लागि तोकिएको थियो । प्रेसबाट निर्वाचन सामग्री आउन ढिला भएपछि मतदानको समय भोलि बिहान ७ बजेका लागि सारेको निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले जानकारी दिए ।
मतदानका लागि महाधिवेशन प्रतिनिधिको प्रदेश तथा प्रतिनिधित्वका आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ । मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिहरुलाई आफूलाई तोकिएको प्रदेश तथा समूहको मतदान केन्द्रमा गई मतदान गर्न निर्वाचन समितिले आग्रह गरेको छ ।
प्रकाशित मिति : २०८३ असोज २२ गते बिहीबार











