

सुर्खेत । नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज सुर्खेतको अध्यक्षमा नन्दा शाही चयन भएकी छन् ।
समाजको शुक्रबार वीरेन्द्रनगरमा सम्पन्न दोस्रो अधिवेशनले शाहीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । अधिवेशनले समाजको सचिवमा जीवन शर्मा, कोषाध्यक्ष सरिता अधिकारी तथा सदस्यमा यमुना बुढाथोकी, सरिता घिमिरे, गिता पोखरेल, देवकुमार खड्का, देवी देवकोटा, माधव भट्ट, उदय चापागाई, निर्मला विक र निरा शाहीलाई चयन गरेको छ ।
कार्यक्रममा प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र सुर्खेतका निर्देशक डा. लक्ष्मीनारायण तिवारीले आयुर्वेद स्वास्थ्यकर्मीहरुको पेशागत संस्थाले आयुर्वेद चिकित्सा, स्वास्थ्यकर्मीहरुको हकहित र सेवाको विकासका लागि थप काम बाँकी रहेको औल्याए ।


उनले आयुर्वेद चिकित्साको प्रचारप्रसार र स्वास्थ्यकर्मीहरुको अधिकार सुरक्षित गर्न नव निर्वाचित काय समिति अझै सक्रिय भएर काम गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा समाजका कर्णाली प्रदेश पूर्व अध्यक्ष दिपेन्द्र कँडेल, वर्तमान कर्णाली प्रदेश अध्यक्ष छविलाल खड्का, नेपाल आयुर्वेद औषधि व्यवसायी संघका प्रदेश अध्यक्ष तथा पतन्जली योग समिति सुर्खेतका अध्यक्ष शेरबहादुर खड्का, आयुर्वेद औषधि व्यवसायी संघ कर्णाली प्रदेशका पूर्व अध्यक्षहरु कविन्द्र अधिकारी, पूर्ण आचार्य, नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज कर्णाली प्रदेशका सचिव पुस्पा आचार्य, कोषाध्यक्ष कुमारी शान्ती घिमेरेलगायतले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई हार्दिक बधाइ तथा शुभकामना दिएका थए ।











