२०८३ असोज १७ , शनिबार
Sky News Nepal
October 3, 2026

राष्ट्रसेवक बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कृष्णप्रसाद पंगेनी



सुर्खेत । राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी संस्था सुर्खेतको अध्यक्षमा कृष्णप्रसाद पंगेनी निर्वाचित भएका छन् ।

संस्थाको शनिबार वीरेन्द्रनगरमा सम्पन्न २८ औं वार्षिक साधारणसभाले पंगेनीलाई अध्यक्षमा निर्विरोध निर्वाचित हो । सभाले कार्यसमितिको उपाध्यक्षमा रामचन्द्र गौतम, सचिव खेमराज उपाध्याय र कोषाध्यक्षमा प्रकाश खड्कालाई निर्वाचित गरेको छ ।

कार्यसमितिको सदस्यमा निर्मला भट्टराई, पद्माकुमारी कार्की, पार्वती पाण्डे, मयाराम शर्मा र नरबहादुर सार्कीलाई सभाले निर्वाचित गरेको हो । त्यस्तै सभाले तीन सदस्यीय लेखा समितिको संयोजकमा चन्द्रप्रकाश कँडेल तथा सदस्यहरुमा अर्चना शर्मा र राजनकुमार तिवारीलाई निर्वाचित गरेको छ ।

सभामा राष्ट्रिय सहकारी महासंघ सञ्चालक समिति सदस्य हरिनाथ योगी, राष्ट्र सेवक सहकारी केन्द्रिय समन्वय तथा सहजीकरण समितिका विज्ञ डोरप्रसाद उपाध्याय, शिक्षक कल्याण बचत तथा ऋण सहकारी सञ्चालक गणेशप्रसाद उपाध्याय र राष्ट्र सेवक बहुउद्देश्यीय सहकारीका पूर्व अध्यक्ष जयप्रसाद आचार्यले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई बधाईसँगै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०८३ असोज १७ गते शनिबार
Translate »