

जाजरकोट । नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज जाजरकोटको अध्यक्षमा सञ्जय शाह निर्वाचित भएका छन् ।

जाजरकोट जिल्ला अधिवेशनले अध्यक्ष शाहको अध्यक्षतामा ७ सदस्यीय जिल्ला कमिटी सर्वसम्र्मत निर्वाचित गरेको हो । अधिविेशनले सचिव सविन शर्मा, कोषाध्यक्ष पुष्पा विष्ट तथा सदस्यहरुमा करिष्मा परियार, गणेश चौधरी, सृजना वि.सी र सुनिता जैसीलाई चयन गरेको हो ।
अधिवेशनमा नेपाल आयुर्वेद चिकित्सक संघ कर्णाली प्रदेश अध्यक्ष तथा आयुर्वेद स्वास्थ्य केन्द्र जाजरकोटका प्रमुख डा. सुदर्शन पोख्रेल, नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज कर्णाली प्रदेश समिति सदस्य डम्मरनारायण मन्डल, प्रदेश सदस्य तारा गिरीलगायतले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
प्रकाशित मिति : २०८३ असोज २४ गते शनिबार











