काठमाडौंदेखि सुर्खेतका लागि भूइँ छाडेको ८ मिनेटमै श्री एयरलाईन्सको जहाजको चक्काको स्टेयरिङ लक भएपछि…..


काठमाडौं । काठमाडौंबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको एसएचए १२१ जहाज आकस्मिक रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ।

बिहान ७ बजे उडेको उक्त फ्लाइट भूइँ छाडेको करिब ८ मिनेटमै फेरि विमानस्थलमै फर्काइएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार, जहाजको चक्काको स्टेयरिङ लक भएपछि विमानलाई तुरुन्तै विमानस्थलमा फर्काइएको थियो ।
थप प्राविधिक निरीक्षणपछि मात्र विमानलाई पुनः उडानका लागि अनुमति दिइने बताइएको छ। अधिकारीहरुले यात्रुहरुको सुरक्षामा कुनै पनि जोखिम नरहेको जानकारी दिएका छन् । अहिले उडान अवतरण सामान्य भएको छ । यात्रुलाई अर्को विमानबाट सुर्खेत पठाइएको छ ।

