संगम बचत तथा ऋण सहकारीको अध्यक्षमा पुनः डिलाकुमारी भट्टराई
सुर्खेत । वीरेन्द्रनगर स्थित संगम बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः डिलाकुमारी भट्टराई निर्वाचित भएकी छन् ।
सहकारीको सत्रौं वार्षिक चुनावी साधारण सभाले शनिबार आगामी चार वर्षे कार्यकालका लागि पुन भटटराईलाई अध्यक्षमा निर्वाचित गरेको हो । सभाले उपाध्यक्षमा विवेककुमार शाही, सचिव रचना कार्की, कोषाध्यक्ष शेरबहादुर खड्का तथा सदस्यहरुमा थिरबहादुर शाही, युवराज खत्री र डिलाराम ज्ञवाली निर्विरोध निर्वाचित गरेको सहकारीका सस्थापक सल्लाहकार कांशीराम भट्टराईले जानकारी दिए ।
सभाले विष्णु प्रसाद बास्कोटाको संयोजकत्वमा तीन सदस्य लेखा सुपरीवेक्षण समिति समेत निर्वाचित गरेको छ । लेखा सुपरीवेक्षण समितिको सदस्यमा निर्मला तण्डुकार र सदस्य पशुपती रिजाल रहेका छन् । निर्वाचित प्रक्रिया कार्यक्रम सहकारीका सचिव रचना कार्कीले सञ्चालन गरेकी थिईन् ।