ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

 सुर्खेत । हुम्लाको चंखेली स्थित बोहराबाडामा आज ट्याक्टर दुर्घटना हुदाँ १ जनाको मृत्यु हुनुका साथै ३ जना घाइते भएका छन ।

चंखेली गाउँपालिका–३, लोतीबाट नुन बोकेर आउँदै गरेको लु४त–७७२० नम्वरको ट्याक्टर दुर्घटना हुँदा चंखेली गाउँपालिका–१, ३५ का तुल्या बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परी चंखेली गाउँपालिका–१, का ४० वर्षिय मानबहादुर बोहरा, सोही वडाका ४५ वर्षिय धना बोहरा र १० वर्षिया चरी बोहरा घाईते भएका छन् ।

चंखेली गाउँपालिकाले खर्च व्यहोर्ने गरी हेलिकप्टरबाट घाइतेहरुको उद्दारका लागि गृहमन्त्रालयमा पत्रचार गरिएको हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिए ।

Translate »