चीन जोड्ने सडक निर्माणमा ढिलाई

कर्णाली प्रदेशमा पूर्वाधार अभावले सोचेजस्तो प्रगति हुन सकेको छैन् । किनभने प्रदेशको विकासका लागि पर्याप्त लगानीसँगै दिर्घकालिन रणनीति बनाउन आवश्यक देखिन्छ । अहिले बजेट अभावले कर्णालीलाई चीन सीमासम्म जोड्ने सडक निर्माणमा ढिलाई भईरहेको छ । सरकारले भेरी करिडोर र गमगढी–नाक्चेनाग्ला सडक निर्माण मार्फत कर्णालीलाई चीनसँग जोड्न शुरु गरेको हो । करिडोर अन्तर्गत डोल्पाको दुनै–लसिक्याप–सिसौल–धो–तिन्जे हुँदै मरिम्ला जोड्ने योजना छ । जहाँ एकतर्फ कर्णालीमा आएको बजेटको सदुपयोग हुन नसकेर फ्रिज जाने क्रम रोकिएको छैन भने अर्कोतर्फ कतिपय सामरिक रणनीतिका आयोजनालाई बजेट अभाव हुने गरेको छ । योजनाहरुको सही पहिचान र महत्व बुझ्न नसक्दा कर्णालीलाई अहिलेपनि पछाडी पार्ने चलखेल जारी छ । कर्णालीलाई चीन सीमासम्म जोड्ने सडक बजेट अभावमा लामो समयदेखि काम अलपत्र छ । सडक नबन्दा दैनिक उपभोग्य वस्तुका लागि डोल्पाका डोल्पोबुद्ध, छार्काताङसोड, सेफोक्सुन्डो र मुगुको मुगमकार्मारोङ गाउँपालिकाका बासिन्दा वर्षौंदेखि सास्ती भोग्न बाध्य छन् ।

सडक निर्माणमा ढिलाइ हुँदा नागरिकलाई खाद्यान्न र अन्य सामान लिन हिँडेर सदरमुकाम पुग्नु पर्ने बाध्यता छ । सदरमुकाम गएर चामल ल्याउन कम्तीमा चार दिन छुट्याउनुपर्छ भने जबकि, चीन सीमा पुग्न र फर्कन एक दिन मात्र लाग्छ । यति महत्वपूर्ण बाटो खुलेपछि आम नागरिक जीवन नै फेरिने सम्भावना हुँदाहुँदै बजेट अभाव किन ? । संघीय सरकारले भेरी करिडोरअन्तर्गत जाजरकोट–दुनै सडकमा यस वर्ष १ अर्ब ४ करोड रुपैयाँ छुट्याइएकोमा बजेट कटौती भएपछि ५६ करोडको मात्र अख्तियारी आएको छ । उक्त रकमले तल्लुदेखि त्रिपुराकोटसम्म स्तरोन्नति हुने देखिन्छ । ट्¥याक खुलेको सडकलाई अलिअलि बजेट चुहाने काम भएको छ । यो भन्नु अर्थ के हो भने ? प्यास लागेको मानिसलाई पानी पिलाउनुको साटो बरफ (आईसक्रिम) खान दिए जस्तो भएन त ! । भेरीकरिडोरको नयाँ ट्¥याक खोल्न तीन वर्षयता बजेट नै आएन । मरिम्ला र क्याटो नाकासम्म सडक जोडिए कर्णालीको लाइफलाइन बन्छ । तिन्जेमा सुक्खा बन्दरगाह आवश्यक छ, सडक पुगे धो तरापमा हिमाली सहर बन्नेछ । जसले यहाँको पर्यटन प्रवद्र्धन र अन्य पूर्वाधार विकासमा पनि ठूलो सहयोग पुग्नेछ । भेरी करिडोरअन्तर्गत लसिक्यापदेखि सिसौलसम्मको ३५ किमि सडकमा भने अझै ट्¥याक खुलेको छैन । मरिम्ला–तिन्जे—धो हुँदै सिसौलसम्मको ४० किमि सडकमा भने भेरी करिडोरले ट्¥याक खोलिसकेको छ ।
डोल्पोबुद्धको सीमाबाट चीनको मरिम्ला जोडिन्छ भने सेफोक्सुन्डो गाउँपालिकाको साल्दाङसँग तिब्बतको क्याटो जोडिन्छ । वर्षमा एकपटक अगस्टमा १५ दिन यी दुवै स्थानमा बजार लाग्छ । माथिल्लो डोल्पाका स्थानीयले वर्षभरि पुग्ने खाद्यान्न र दैनिक उपभोग्य सामान खरिद गर्छन् भने यार्सालगायत जडीबुटी बिक्री गर्छन् । मरिम्ला र क्याटो नाकासम्म सडक जोडिए कर्णालीको लाइफलाइन बन्नेछ । मुगुलाई चीनसँग जोड्ने गमगढी–नाक्चेनाग्ला सडकमा पनि बजेट विनियोजन भएको छैन् । कर्णालीबाट चीन जोड्ने यो सबैभन्दा छोटो दूरीको सडक हो । गमगढीबाट ६८ किमि दूरीको यो सडकमा अहिलेसम्म १६ किमि (मुगमकार्मारोङ गाउँपालिकाको छाइलसम्म) मात्र ट्¥याक खोलिएको छ । सडक बने ह्याजीमारबाट २÷३ घण्टामै गाडीमा तिब्बतको ल्हासा जान सकिन्छ । सडक सुविधा नहुँदा नागरिकलाई मोटर चढ्न पनि कम्तीमा दुई दिन पैदल हिँड्नुपर्ने बाध्यता छ । सडक निर्माण हुने ढिलासुस्तीप्रति नागरिक खबरदारी समेत अब आवश्यक भइसक्यो । त्यसले सामरिक तथा व्यापारिक रणनीति महत्वका सडक निर्माणमा तीनै तहका सरकारहरुको समयमै ध्यान पुग्न आवश्यक देखिन्छ ।