नवलपरासीको अग्यौली र सुर्खेत उपत्यका खानेपानी वीच अनुभव आदान प्रदान

सुर्खेत । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका र पूर्वी नवलपरासीको अग्यौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था वीच अनुभव आदान प्रदान भएको छ ।

पूर्वी नवलपरासीको कावासोतीदेखि आएको अग्यौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका पदाधिकारीले आज सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले वीरेन्द्रनगरका जनतालाई सरसफाईसँगै स्वच्छ र सफा पिउने पानी उपलब्ध गराउने तरिका तथा व्यवस्थापन पक्षका बारेमा जानकारी लिएको हो ।

देशैभरीका खानेपानी उपभोक्ता संस्था मध्ये उत्कृष्ट बनेको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था र गण्डकी प्रदेशकै उत्कृष्ट अग्यौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका पदाधिकारीका वीच मुहानको स्रोत पहिचान, पानी भण्डारण, वितरण, आर्थिक अनुशासन, कर्मचारी व्यवस्थापन तथा परिचालन लगायतका बारेमा अनुभव आदान प्रदान भएको छ ।

भ्रमण टोलीलाई सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटाले प्राकृतिक रुपमा खानेपानीको स्रोतको अभावका बाजजुद खानेपानीको संस्थागत सुधार तथा स्तरोन्नतीलाई रचनात्मक रुपले अगाडि बढाई रहेको जनाए ।

उनले असुली संस्थागत सुधार तथा स्तरोन्नती कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गरी उल्लेखनीय सुधार गरेपनि वीरेन्द्रनगरबासीलाई सर्वसुलभरुपमा खानेपानी सेवा प्रवाह गर्न अझै थुप्रै काम गर्न बाँकी रहेको बताए ।

उनका अनुसार भेरी लिफ्टिङ खानेपानी आयोजना बनेमा हाल वीरेन्द्रनगरका उपभोक्ताको मागलाई केही वर्षका लागि थेक्न सकिने छ ।

यता अग्यौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका सचिव अर्जुन चालिसेले ३ हजार उपभोक्ता रहेको संस्थामा न्यूनतम युनिट ९५ सम्म पूर्णरुपमा निःशुल्क वितरण गरेको, २४ सैं घण्टा डबल फिल्टर गरिएको पानी वितरण गरेको, पाँच युनिटभन्दा कम पानी उपभोग गर्ने ६ सय घरधुरीका उपभोक्तालाई न्यूनतम महसुल निःशुल्क गरेको, धारा जडान गर्न नसक्नेहरुका लागि समूह बनाएर निःशुल्क मिटर जडान गरिदिने गरेको जानकारी दिए ।

उनले जुनसुकै उपभोक्ताको मृत्यु भएपनि २५ हजार नगद र श्रद्धाञ्जली पत्र हस्तान्तरण गर्ने, महिलाको नाममा धारा जडान गर्न आउने उपभोक्तालाई १५ प्रतिशत छुट गरिएको बताए । अहिले अग्यौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको एउटा टोली खानेपानी वितरण तथा व्यवस्थापन सम्बन्धि अनुभव संलग्न गर्न पश्चिम नेपालका विभिन्न खानेपानी संस्थाहरुको अवलोकन भ्रमणमा लिस्केको छ ।

अनुभव आदान प्रदान कार्यक्रममा अग्यौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका उपाध्यक्ष गोपाल सिर्पाली, खानेपानी डिभिजन कार्यालयका ईन्जिनियर महेन्द्र आचार्य, अग्यौलीका दुर्गाबहादुर गुरुङ, गोपाल गुरुङ, ईश्वरी भुसाल ढकाल, गोमा आचार्य पौडेल, सिता ढुङगाना, सरोज भण्डारी, बाबुराम पौडेल, तिर्थ पौडेल, चन्द्रबहादुर महतो एवं सुर्खेत उपत्यकाका ओमदत्त रेग्मी र घनश्याम भण्डारीलगायतको उपस्थिति रहेको थियो ।

Translate »