कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको संख्या घट्दै

सुर्खेत । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको संख्या क्रमश घट्दो क्रममा रहेको जनाएको छ । आर्थिक वर्ष सन २०२२/२०२३ सम्म वार्षिक करिब २५ हजार जना वैदेशिक रोजगारीमा जाने गरेपनि त्यसपछि भने क्रमश घट्दै गएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको प्रादेशिक रोजगार सुधार सुझाव कार्यदलको प्रतिवेदन मार्फत जानकारी दिईएको हो ।

प्रस्तुत प्रतिवेदनमा आर्थिक वर्ष सन २०२२/२०२३ सम्म कर्णालीबाट वार्षिक २४ हजार ९ सय ७४ जना वैदेशिक रोजगारीमा जाने गरेको तथ्यांकमा उल्लेख गरिएको छ । त्यसपछि वर्षेनी घट्दै आर्थिक वर्ष सन २०२३/२०२४ मा कर्णालीबाट १८ हजार ६ सय ६२ जना मात्र वैदेशिक रोजगारीमा गएको प्रतिवेदनमा जनाइएको छ ।

यद्यपि ! आर्थिक वर्ष सन २०२३/२०२४ मा कर्णालीबाट २४ हजार १ सय ६७ जनाले श्रमस्वीकृति लिएका थिए । सुरुमा पुरुष कामदारहरु मात्रै वैदेशिक रोजगारीमा जाने गरेकोमा पछिल्लो समयमा महिला कामदारको संख्या पनि बढेको प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक वर्ष सन २०२३/२०२४ मा कर्णालीबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा जाने महिला कामदारको संख्या ७ प्रतिशतले बढेको जनाईएको छ । शिक्षा, व्यापार, विवाह आदि कारणले विदेश जानेहरु र भारतमा रोजगारीका लागि गएका नेपालीहरुको संख्यालाई अभिलेख गर्न सकेमा तथ्याङ्क बढ्ने मन्त्रालयको ठहर छ ।

कर्णालीका कामदारको मुख्य गन्तव्यका रुपमा मलेसिया, साउदी अरेबिया र युएइ रहेका छन । आर्थिक वर्ष सन २०२२/२०२३ देखि सन २०२३/२०२४ सम्ममा कर्णालीबाट वैदेशिक रोजगारीमा जाने आप्रवासी कामदारहरुको मृत्युको संख्या भने १ सय १२ जना रहेको छ । देशभरमा सबै भन्दा बढी मृत्यु हुनेमा मधेश प्रदेशका ६ सय २३ जना आप्रवासी कामदारहरु रहेका छन् ।

 

 

Translate »