युवा उद्यमीलाई डिजिटल मार्केटिङ तालिम

वीरेन्द्रनगर । सेभ द चिल्ड्रेनले सुर्खेतका युवा उद्यमीलाई डिजिटल मार्केटिङ सम्बन्धि तालिम दिएको छ ।

सूचना प्रविधिको विकाससँगै बस्तुहरुको उत्पादन प्रर्वद्धन एवं बजारीकरणमा सहयोग गर्ने उद्देश्यले सेभ द चिल्ड्रेनद्वारा सञ्चालित पाथवे टु वेलबीइङ्ग एम्पावरमेंट एण्ड रेसिलिएन्स फाँर एडोलिसेंट एण्ड यूथ (पावार फोर एवाई) परियोजनाले डिजिटल मार्केटिङ सम्बन्धि तालिम दिएको हो ।

तालिममा सहभागि वीरेन्द्रनगर नगरपालिका र बराहताल गाउँपालिकाका १७ जना युवा उद्यमीलाई बजार प्रर्वद्धन सिकाइसँगै व्यवसायको बजारीकरणका लागि डिजिटल मार्केटिङका विभिन्न पक्षका बारेमा जानकारी गराईएको छ ।

प्रविधिको विकास र इन्टरनेटको पहुँचले ग्रामीण वस्तीहरुमा समेत किनमेलका लागि अनलाइन बजार विकल्पका रुपमा भएकाले साना उद्यमीलाई तालिमले धेरै हदसम्म सहयोग पुग्ने सहभागि प्रशिक्षार्थीहरुको विश्वास छ ।

युवा उद्यमीका लागि सेभ द चिल्ड्रेनका कार्यक्रम संयोजक प्रेम पुनले उत्पादन तथा सेवाको बजार विस्तारका लागि डिजिटल मार्केटिङ सशक्त माध्यम भएकाले डिजिटल प्रयोगमा प्राथमिकता दिन आग्रह गरे । उनले तालिमका सहभागि युवा उद्यमीलाई डिजिटल मार्केटिङ सम्बन्धि सिकेको ज्ञान, सीपलाई व्यवहारमा उतार्न सुझाव दिए ।

Translate »