२८ वैशाखबाट कर्णालीको बजेट अधिवेशन

सुर्खेत । कर्णाली प्रदेश सरकारको बजेट अधिवेशन २८ वैशाखबाट शुरु हुने भएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको बैठक २८ वैशाखमा आव्हानका लागि प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पाँचौं अधिवेशन १८ चैत २०८१ मा अन्त्य भएको थियो । प्रदेश सरकारद्वारा आव्हान भएको अधिवेशनबाट आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट पारित हुनेछ ।
साथै मन्त्रिपरिषद् बैठकले प्रदेश सचिव लक्ष्मीकुमार विकलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदस्थापन गर्ने निर्णय पनि गरेको छ ।