सुनको मूल्य घट्यो


काठमाडौं । स्थानीय बजारमा सुन चाँदीको मूल्य घटेको छ। आज सुनको मूल्य प्रतितोला रु दुई हजारले घटेर रु दुई लाख ३९ हजार ९०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला रु ३५ ले घटेर रु दुई हजार ९८० रहेको छ । आइतबार नेपाली बजारमा सुन प्रतितोला रु दुई लाख ४१ हजार ९०० र चाँदी तीन हजार १५ मा किनबेच भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ७५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

