बुद्ध एयरले साताको ४ दिन काठमाडौं–कोलकोता उडान गर्ने


काठमाडौं । बुद्ध एयरले यही कात्तिक २९ गते .१५ नोभेम्बर) देखि साताको ४ दिन काठमाडौं–कोलकाता उडान गर्ने भएको छ । बुद्ध एयरले आफ्नो वेबसाइटबाट अब साताको ४ दिन कोलकाता उडान गर्ने जानकारी दिएको हो ।

यसअघि बुद्ध एयरले सातामा ३ दिन काठमाडौं–कोलकाता उडान गर्दै आएको थियो । अब नयाँ उडान तालिकाअनुसार बुद्ध एयरका हवाईजहाजले हरेक साता आइतवार, मंगलवार, बिहीवार र शनिवार उडान गर्ने छन् ।

