छोराको फरुवा प्रहारबाट आमाको हत्या

सुर्खेत । सुर्खेतको छिन्चुमा आफ्नै छोराले आमाको हत्या गरेका छन् ।

आज बिहान भेरीगंगा नगरपालिका–१२, मसिनाटोलका ३५ वर्षीय कविराम बस्नेतले ५० वर्षिया आमा धनिकला बस्नेतलाई फरुवा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको हो ।

प्रहरीका अनुसार घरमै सुतिरहेकी आफ्नी आमाको टाउकोमा कविरामले फरुवाले प्रहार गरेका थिए । फरुवा प्रहारबाट घाईते आमाको उपचारका क्रममा प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डीएसपी) मोहनजंग बुढथापाले जानकारी दिए ।

उनले कविरामलाई ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी कारवाहीका लागि आवश्यक अनुसन्धान शुरु भईसकेको बताए ।

Translate »