पाँच थान पञ्चकोशी : नरमाऔँ प्रकृतिको हाँसो खोसी

हिउँदमासको खेतीको चटारो सकिसकेपछि उँधौली पर्वको रमझम मङ्सिर पूर्णिमामा तीर्थयात्रा गर्ने भनी सरसल्लाह गरी दाई लोमन केशर खनाल र म दिपेन्द्र केशर खनाल दैलेखतर्फ लाग्यौँ र अन्य सुर्खेतका भाइबन्धुहरूलाई गाडीको यात्रामा आउने भनी हामी पोखरीपाटामा गएर देवी देवताका ध्वजा, पताका, दमाहा, त्रिशुल लगायतका घाँण घण्ट लिएर माइलाबा, साइलाबा, काइलाबा, राईलाबा र बाका साथमा हामी दुई दाजुभाई बिहान पैदल मार्ग हुँदै पवित्र धार्मिक आस्था, प्राकृतिक सौन्दर्यलाई नियाल्नको लागि पोखरीपाटा हुँदै सानो ओइरी, मटेला पुग्यौँ ।मटेला बजारबाट पैदल यात्रा गर्दै माथिल्लो डुङ्गेश्वर बजारमा पुग्यौँ । डुङ्गेश्वर बजारमा सुर्खेतबाट गाडी तथा अन्य साधनहरुमा आएका भाइबन्धुहरूसँग भेटघाट भयो । मलाई सौभाग्य के लागेको थियो भने, हामी भन्दा पछिका पिँढीहरूलाई माइलाबा, साइलाबा, काइलाबा, राईलाबा जस्ता बाका नाताहरु अहिले अनुभव गर्न पाएको थिएँ तर हामीभन्दा पछाडिका पिँडीहरुलाई फलाना बा, फलानी आमाका नाताहरु कथा जस्तो लाग्नेछन् । नाता साइनामा धेरै ‘बा’ हुनु पनि सौभाग्य नै हो। डुङ्गेश्वर बजारबाट बिहानपख हामी तीर्थयात्रीहरू तीर्थयात्राका लागि तल्लो डुङ्गेश्वर कर्णाली नदी रलोहरे खोलाको दोभानमा कञ्चन बगेको पानीमा स्नान गर्र्यौँ । गहिरो विश्वास र आस्थाका धरोहर तीर्थयात्राका धार्मिक पहिचान बोकेका धामहरू घुम्न पाउँदा बाजेदेखि नातिसम्मका नाता पर्ने तीर्थयात्रामा राम्रो छाप छाड्ने कुरामा म विश्वस्त थिएँ।
तल्लो डुङ्गेश्वर मन्दिर दर्शन गर्नुपूर्व कर्णाली नदी जसले लामो सुस्केरा हालेर समुद्र भेट्न दगुरिरहेछ । त्यहाँस्नान गरी मन्दिर दर्शन गर्न जादैँ थियौँ, मठ, मन्दिर भनेका आस्थाका केन्द्र भएकोले मानिसहरूको भिड लागेको थियो। कर्णाली नदी (भारतमा घाघरा नदी पनि भनिन्छ) तिब्बतको समुद्र सतहबाट ३९६२ मिटर उचाईँमा रहेको ‘माप्चोचोङ्गो’ नामकोहिमनदीबाट निस्केर मानसरोवर ताललाई रक्षा गर्न बनेको रक्षक तालसँगै रहेको मयुरको मुखबाट कर्णाली नदी उत्पत्ति भएको छ ्र त्यस पछि नेपालमा प्रवेश गरेपछीमुगु जिल्लामा यो ूकरन धखोलाू अथवा मुगु कर्णालीसँग मिसिन्छ। त्यसै कारण खोलाको नामबाट नै यो नदीको नाम कर्णाली नदी रहन गएको अनुमान छ। यो नदी बाजुरा जिल्लारहुम्ला जिल्लाको सिमाना हुँदै कालीकोट जिल्लामापुग्दासम्म यसका धेरै सहायक नदी नालाहरूले गर्दा यसले खोलाबाट नदिको रूप लिन्छ। मुगु जिल्लामा रहेकोरारा तालको पानी यो नदीमा मिसिँदै यसले विशाल रूप लिन्छ। त्यसै गरी हुम्ला र बाजुराको सिमानामा यो हुम्ला कर्णाली र बुढीगङ्गामा गएर मिसिन्छ। कालीकोटको लालीघाटमा आएर यो नदीमा जुम्ला जिल्लाबाट आएको तिला नदी मिसिन्छ। यसैगरी अन्य साना खोला नालाहरू साथमा लिएर यो नदीदैलेख जिल्लारअछामजिल्लासुर्खेत जिल्ला र कैलाली को सिमाना हुँदै अगाडि बढ्छ र भारतमा गएर मिसिन्छ। तीर्थयात्रीहरुको त्यो भिडमा हामी पनि यात्री नै थियौँ। हरियाली खुला जङ्गल कर्णालीपारी अछाम जिल्ला आफैमा हरियाली बोटबिरुवाहरूले नदी पारी भएतापनि मनमा उत्सुकता जागेको थियो। दैलेखमा धार्मिक पहिचान बोकेका धामहरू धेरै छन्। हाम्रो यात्रा तल्लो डुङ्गेश्वर मन्दिर दर्शन गरिसकेपछि केही कच्ची सडक हुँदै दुल्लु पुग्यौँ । त्यहाँ दुल्लु बजारका सुन्दर दृश्यहरू हेरी पादुका स्थान दर्शन गर्न पुग्यौँ। सांस्कृतिक एवं पुरातात्विक महत्व बोकेका कुँदिएका अशोक चल्लको पालामा देवता स्थापना गर्दा बनाइएका ढुङ्गाका मूर्तिहरु छरपष्ट देखिन्थे। पादुका स्थानमा ठुलठूला ढुङ्गामा कुँदिएका चित्रकला, सङ्केत, अक्षर, अङ्क लेखिएका शिलालेखयत्रतत्र रहेका छन् । कलात्मक आकृतिका देवी देवताका मूर्तिहरु समेत कोरेर राखिएका दृश्यहरू संरक्षण सम्बर्द्धनको पर्खाइमा थिए । त्यहाँ कुण्ड पनि रहेछ। कुण्ड समेत दर्शन गरी हामी पुनः धुलेश्वरतर्फ लाग्यौँ । धुलेश्वर भनेर नाम सुन्दा त्यो स्थानमा धेरै धुलो हुन सक्छ भन्ने मनमा सोच्दै अगाडि बढियो । खासमा श्रीस्वस्थानी व्रतकथामा उल्लेख गरे अनुसार सतीदेवीले अग्नीकुण्डमा हाम फाली आफ्नो प्राणदाह गरिसकेपछि बेसुरा भएका श्री महादेवले सतीदेवीलाई आफ्नो काँधमा लिएर सारा ब्रह्माण्ड भ्रमण गर्दैगर्दा विभिन्न स्थानहरुमा सतीदेवीका विभिन्न अङ्गहरु पतन भएका र सतीदेवीका बाँकी अङ्गहरु सबै धुलेश्वरमा पतन भएकोले धुलेश्वर नाम रहन गएको कुरा मैले राईँलाबाबाट सुन्ने मौका पाएँ । उच्च स्थानमा रहेको धुलेश्वरबाट दैलेख दुल्लु लगायतका विभिन्न ठाउँहरू अवलोकन गर्ने सौभाग्य समेत प्राप्त भयो। धुलेश्वर मन्दिर दर्शन गरिसकेपछि धुलेश्वर मन्दिरका छेउछाउका थुम्काहरू जस्ता बनाइएको के रहेछ भन्ने मनमा उत्सुकता जागेपछि मैले बाहुनदाई (भान्जादाईरफुपुका छोरा) जनक देवकोटालाई प्रश्न तेर्साएँ, ए१ दाइ, तिनी थुम्का थुम्का परेका के हुन्रुयिनी यहाँ सन्तमहासन्तहरुको मृत शरीरलाई गाडिएर बनाइएका थुम्का हुन् भनेर दाइले भन्नुभयो । अनि हाम्रो यात्रा बिस्तारै पेट्रोलियम पदार्थ उत्खनन भएको ठाउँमा जलजलेतर्फ पुग्यो । भैरवी गाउँपालिका, वडा नं. १ जलजलेमा पेट्रोलियम पदार्थका लागि ड्रिलिङ्ग गरिएको छ । चीनको जियोलोजिकल सर्वेले गरेको अध्ययनको प्रारम्भिक प्रतिवेदन अनुसार ११२ घनमिटर प्राकृतिक ग्यास मिथेन रहेको पुष्टि भएको छ । यहाँ ठूलो परिमाणमा मिथेन ग्यास पाइन्छ । सभ्यताको विकाससँगै सम्भावनाको खोजी गरिएको ठाउँमा पर्यटकहरूको आकर्षणको केन्द्र राष्ट्रिय गौरवको आयोजना नेपाली भूमि प्राकृतिक सांस्कृतिक धार्मिक सम्पदाको आस्था मात्र नभई भाग्य र भविष्य कोर्ने एउटा मार्ग पनि जलजले रहेछ। दीर्घकालीन योजनाहरू पनि आजको आवश्यकता र अपरिहार्य रहेका देखिन्छन्। देशको भाग्य र भविष्यसँग जोडिएको पेट्रोलियम पदार्थ सही रूपमा प्रबर्द्धन र प्रयोग गरेमा अर्थतन्त्रको मेरुदण्डको रुपमा लिन सकिन्छ भन्ने कुरा नरेन्द्र माइलाले मलाई बताउनुभयो । त्यसपछि हामी बिस्तारै नाभिस्थानको यात्रातर्फ लाग्यौँ।
नाभिस्थानमा आएपछि अन्यत्र जस्तो भएन । देवीदेवताको छलफल लगायतको कार्य भयो । नाभिस्थानमा ठूलो स्वामीको बोट थियो। स्वामी वृक्ष एक यसका फाइदा अनेक भनी कान्छाबा महेश केशर खनालले बताउनुभयो। हालसम्म ८१९ वटा औषधि वनस्पतिहरूको पहिचान गरिए पनि जसमध्ये १०० भन्दा बढी वनस्पति व्यापार हुन्छ भन्नुभयो । त्यसमध्ये स्वामी औषधि गुण लगायत धार्मिक दृष्टिकोणका लागि अत्यन्त उत्तम मानिने नदी किनार मन्दिर वरिपरिको शीतल छहारीले शोभायमान बढाएको देखिन्थ्यो। त्यसमा सुन्दरताका आकृतिहरूका कुराहरू त छँदै छन् । त्यसको बाहिरी र भित्री भागमा आकर्षण आफ्नै पहिचान बनाएको देखिन्थ्यो। स्वामीको रूखको जरा नजिकबाट रुखको भित्र रहेको ध्यानस्थल जस्तो स्थानमा प्रवेश गर्ने एउटा सानो ठाउँ थियो। हामी सबै तीर्थयात्रीहरू स्वामीको रुखभित्र प्रवेश गर्र्यौँ। रुखका हाँगाहरु जताततै फैलिएका थिए । रुख विशाल थियो। हामी स्वामीको रुखभित्र गइसकेपछि स्वामीको जरामा १५ देखि २० मिनेट जति ध्यानमा बस्यौँ। साँच्चै त्यहाँ अलौकिक शान्ति प्राप्त भएको हामीले अनुभव गर्‍यौं । विभिन्न विकासका प्रयासहरू पनि भएका रहेछन् पानीका ढुङ्गेधाराहरू निर्माण लगायत अध्ययन योग साधनाको रुपमा यो ठाउँलाई लिन सकिन्छ। हामी त्यहाँ पुग्दा त्यहाँ भवनभित्र कसैले संस्कृतका श्लोकहरू वाचन गरिरहेको जस्तो सुनिन्थ्यो। के रहेछ भनी गएर बुझेको त त्यहाँ गुरुकुल पाठशाला सञ्चालनमा रहेछ। संस्कृतका विद्यार्थीहरू त्यहाँ अध्ययन अध्यापन गरिरहेका रहेछन्। हामीहरूको भाषा धर्म इतिहास संस्कृतिलाई जोगाउनका लागि यो पनि एउटा उत्तम प्रयासको रुपमा देखियो । हामी नाभिस्थानका वरिपरिका दृश्यहरू लगायत पाठशाला र ज्वालादेवीको दर्शन समेत गरिसकेपछि यात्रा श्रीस्थानतर्फ लाग्यो । श्रीस्थानमा समेत पानीमाथि राजु केशर खनाल दाइले आगो बाल्नुभयो। सालको पातको बोहोता जस्तो बनाएर पानीमा राख्दा आगो बलेको देखेर चिरञ्जीवी खनाल मेरा साइँलाबा मख्ख हुँदै आफ्ना फुलेका दारी मिलाउनुभयो । लाग्दैथियो उहाँ घर गएर आजको अनुभव परिवारका सदस्यहरुलाई सुनाउनुहुनेछ । ठाउँ परिवेशअनुसार फरकफरक अनुभव अनुभूतिहरूको संगालो उहाँले मलाई बताउनुभयो। राईँलाबा अर्जुन केशर खनाल र साइली फुपु उमा ढकालले आँफू सानै छँदा महाशिवरात्रीको पर्वमा जात्रामा श्रीस्थान आएको कहानी पनि सुनाउनुभयो। अनि हामी ज्वालादेवीको दर्शन गरिसकेपछि हाम्रो यात्रा बिस्तारै कोटिलातर्फ हुँदै गयो। कोटिला आएपछि एकछिन देवीदेवताको उपासनामा सरिक भइयो। कोटिलामा देवी देवताहरूसँग बसेर छलफल गराउने प्रचलन रहेछ। देवताहरू खुसी हुन्छन् भक्तिभाव, आसुभाव समर्पणबाट हुन्छ भनेर भन्नुभयो ‌। माइलाबा डिल्ली केशर खनालले श्रद्धा भनेको श्रद्धा नै हो भनेर भन्नुभयो । आफ्ना मातापिता र पुर्खाहरू बिना यस धर्तीमा हाम्रो उदय हुने थिएनभनी माइलाबा ज्ञानु केशर खनालले भन्नुभयो । कोटिला स्थान प्रचुर सम्भावनाको खानी, कलकल बगेको नदी, समथर भूभाग, इतिहास समाज अध्ययन गर्दा मानव सभ्यताको अनमोल खोज वा आविष्कारका अनेक प्रसङ्गहरू भेटिन्छन्। त्यस्तो लाग्छ कि हामी अहिले जहाँ उभिएका छौं आस्था र विश्वासको केन्द्र मात्र नभई धार्मिक पर्यटकहरुलाई समेत भित्र्याउन सकिन्छ। हाम्रा पाँचतीर्थ पञ्चकोशीको यात्रा सभ्यता विकास धार्मिक एवं सांस्कृतिक पक्षहरूसँग अन्योन्याश्रित सम्बन्ध रहेका शक्तिपीठहरू दर्शन गरिसकेपछि बिस्तारै घाम डाँडामाथि गइसकेका थिए यात्रा गर्दागर्दै अँध्यारो हुँदै गयो। चुप्रा बजारमा आउँदा झमक्क रात परिसकेपछि जुनेली रात भएकाले बिस्तारै साँझको ८ बजेतिर डुङ्गेश्वर बजारबाट उकालो लाग्यौँ । बेलुकीको ९स्०० बजेतिर हामी सबैजना पोखरीपाटा पुग्यौँ।हाम्रो संस्कृति सोच मनोविज्ञान र हरेक कुरामा आत्मियता अनुभूति रह्यो। हामी शुद्ध तीर्थयात्री तीर्थयात्राका साँझपख धामी, धमेलो गरी देवी देवताका घाँण, घन्टहरु, दमाहा, त्रिशुल लगायतलाई विसर्जन गर्यौ । तीर्थबाट ल्याएको आगो बालेर रातभरि खडारात्री बस्ने भनी आगो बाल्यौँर रातभर जागराम बस्यौँ ।
हाम्रो यात्रा धार्मिक तीर्थयात्राले कुलबन्धु सहित पञ्चकोशी घुम्ने महत्त्व बनाइदियो। नेपालमा अनेक पर्यटकीय गन्तव्यले भरिएको मुलुक भएतापनि अझै पनि कतिपय पर्यटकीय गन्तव्यलाई आर्थिक रुपान्तरणको रुपमा लिन सकिएको छैन। आन्तरिक पर्यटकहरूको चहलपहल उँधौली पर्वको बेलामा राम्रै रहेछ। आँखाको समान्तरणमा देख्न नसकिने अलौकिक आनन्दको विशिष्टता छुट्टै छ। प्राकृतिक बनोट धार्मिक स्थलहरू पनि अनेक छन्। पर्यटकको विकास सँगसँगै अध्ययन अन्वेषणका निम्ति इतिहास जीवन्त राख्न चुनौती पनि धेरै छन्। आन्तरिक पर्यटनको लागि अहिलेको आकर्षण भोलिका दिनमा बाह्य पर्यटकको हब पनि बनाउन सकिन्छ। यो पवित्र भूमिपञ्चकोशीलाई अतिक्रमणबाट समेत जोगाउनुपर्दछ।
बिहानपख कुल पूजामा पोखरीपाटामाविशेषगरी कुलदेवता कैलु बराहका लागि धारे गाईको दुधको धार र पञ्चामृत बनाउने देवी देवतालाई चढाउनका लागि विभिन्न थरिका प्रसादी बनाउनतर्फ बिहान सबेरै स्नान गरी लाग्यौँ । कतिपय भाइपाली सुर्खेत र काठमाडौँबाट आउनु भएकोले पूजा अलि ढिला गर्ने पनि कुल मन्दिरका पुजारी ज्ञानुकेशर खनालले भन्नुभयो । कतिपय परम्परागत भएपनि पारिवारिक सामाजिक,सांस्कृतिक एवं धार्मिक रुपमा टाढा हुँदै गएका भाइबन्धुहरुलाई जोड्ने पुलको रूपमा कुल पूजाले गराएको छ। कतिपय सामाजिक रूपमा लोप हुन लागेका झाँक्री पूजा, भूमिपूजा, अन्नपुजा पुस्तान्तरणको एक माध्यम बनेको छ। भाइचारा मेलमिलापको र वर्षको दुईपटक उधौली र उँभौली पर्वमा भेटघाटको माध्यम बनाएको छ। त्यो मङ्सिर पूर्णिमामा बादलको लाज, घामको हाँसो र धर्तीको मुस्कानका बीचमा दमाहाका तालमा पर्वको अवसरमा धामी नाचले समेत रमाइलो महसुस हुन्थ्यो।यो ऐतिहासिक धरोहरलाई जोगाइ राख्ने हो भने, ठाउँ(ठाउँमा सांस्कृतिक भेषभूषा लगायतका संरक्षण, सम्बर्द्धन, पन्चैबाजा लगायतका पुरातात्विक सम्पत्तिहरूको संरक्षण आवश्यक छ। ऐतिहासिक सांस्कृतिक एवं धार्मिक रूपमा सशक्त रूपमा आस्थावान हुँदै गएको र पुर्खाको नासोको रुपमा रहेका प्रचलन जगेर्ना गर्नु आजको आवश्यकता हो। धार्मिक आस्था विश्वासका कारण यसरी प्रत्येक वर्ष कुल पूजामा सरिक हुने सङ्ख्या बढ्दो संख्यामा छ। देवतालाई हवन गरी बिहान पख मन्दिरको मूलस्थानमा राखी दूध, दही, घिउ, मह, सखर मिसाएर पानी घोली महास्नान गराइन्छ। यज्ञ दशकर्मका सबै विधिगरी विधि विधान अनुसार कलश साधना गरी राखेका देवी देवतालाई गहुँत छर्केर पूजाआजा गरिन्छ। हाम्रा समाजका रीति तिथिलाई जोगाउन सयौं वर्षदेखि नेपालका मूर्त अमूर्त सम्प्रदायहरु पनि निरन्तर चलिरहेका छन् । जिजुबाजे जय केशर खनालले पोखरीपाटामा अगाड आस्था भएका कारण गोरखाबाट आउँदा समेत जीवनभरका कला, संस्कार, संस्कृति साथमा ल्याउनुभएको कुरा बाहरुले सुनाउनुभयो। धार्मिक आस्था र मान्यताका कारण यसरी कुलदेवतालाई खुसी पार्ने र घरपरिवारदेखि पशु चौपायासमेत राम्रो होस् भने आफ्ना भाइबन्धु लालाबाला समेत सम्झिने प्रचलन रहेको छ। पूजा कर्म सकिसकेपछि मन्दिरमा चढाउने खिर रोटी लगायतका परिकारहरु पुजारीले बनाउने र चढाउने गर्दछन् । पूजा विधि समापन भएपछि धामी र पुजारीले खाएपछि अनि मात्र अन्य पालीहरू, आएका पाहुना पाछा अरुलाई दिने चलन छ। कुल पूजाको यो मन्दिर हाम्रो परम्परा धान्ने आपसमा भातृत्व विकास गर्ने माध्यम बनेको छ। विशेषगरी उँधौली पर्व र किराँती मान्यता सुरु भएपछि हिउँद सुरु हुने र चराचुरुङ्गीहरु बेसीमा बसाइँ सर्ने तथा उच्च हिमाली भेगबाट भेडा, घोडा तथा खच्चरहरुलाई बेशी झार्ने शुभसाइतको संकेतको रुपमा लिन सकिन्छ। घरमा अन्नबाली भित्र्याएको खुसीमा यो पर्व मनाइन्छ। उँधौली भन्नाले अन्नमा अनिकाल नलागोस् भनेर सो अवसरमा देवी देवताहरूको नाममा पालीहरुले घरघरबाट अन्न उठाई जम्मा गरी आफ्ना माने पुजेका देवी देवताहरुलाई न्वाँगीको रुपमा चढाई त्यसपछि मात्र उक्त अन्न आफुले खाने प्रचलन रहिआएको छ । मुडाबालेर रातभरि जागराम बसी मनाउने, धामी पतुर्ने र हेराउने प्रचलन रहेको छ। भूमिको पूजा गर्ने तथा फसलको कामना गर्ने परम्परा छ। विशिष्ट सांस्कृतिक पहिचान बोकेको पर्वलाई किरात समुदायको महान पर्वसमेत भन्दछन् ।
अतः बिहानपख सबै भाइपालीहरू जम्मा भएर न्वाँगी चढाई देवी देवताहरूलाई भाकल अनुसार वस्तुहरू चढाई, पुजारीलाई चढाउने र चोखो निष्ठा खाने कुराहरु देवी देवतालाई चढाई धामी हेराउने भाइ पालीहरु जम्मा हुने सो पर्वमा बाजागाजा सहित मन्दिरमा टाँगो राख्ने र देवी देवताको सबै कामहरु पूरा गरिसकेपछि भाइपालीहरू जम्मा भई प्रसादी ग्रहण गर्ने प्रचलन पनि अँझै रहेको छ ।
( लेखक दिपेन्द्रकेशर खनाल डुङ्गेश्वर गाउँपालिका वडा नं. ५ निवासी हुनुहुन्छ ।

Translate »