नेपाल घरेलु तथा साना उद्योग नगर महासंघ लेखबेशीको अध्यक्षमा मधुसुदन आचार्य

कल्याण । नेपाल घरेलु तथा साना उद्योग नगर महासंघ लेखबेशीको अध्यक्षमा मधुसुदन आचार्य निर्वाचित भएका छन् । मंगलबार सम्पन्न नेपाल घरेलु तथा साना उद्योग नगरमहासंघ लेखबेशीको तेस्रो नगरअधिवेशनले आचार्यलाई नगर महासंघ अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।

अधिवेशनले वरिष्ठ उपाध्यक्षमा कर्ण रावत, उपाध्यक्ष मानबहादुर राजी, महासचिव खड्कबहादुर जिसी, कोषाध्यक्ष बुद्धि रावत, तथा सदस्यहरुमा शेरबहादुर लुतेली, हरिप्रसाद अधिकारी, चन्द्रबहादुर नेपाली र टर्सबहादुर नेपालीलाई निर्वाचित गरेको छ ।

त्यस्तै अधिवेशनले जिल्ला प्रतिनिधिमा चिरञ्जीवि शर्मा, पाण्डब परियार, मानबहादुर बोहरा, ऐनबहादुर शाही, सरस्वती बोहरा र भिमराज खराललाई निर्वाचित गरेको छ ।

लेखबेशी नगर पालिकाकाका प्रमुख उमेशकुमार पौडेलको प्रमुख आथित्यतता तथा लेखबेशी–४, का वडाध्यक्ष लोकेन्द्र थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेश उपाध्यक्ष वीरबहादुर नेपाली, नेपाल घरेलु तथा साना उद्योग महासंघ सुर्खेतका अध्यक्ष सुमननाथ योगी, उपाध्यक्ष पविलाल पोखरेल, महासचिव राधा श्रेष्ठ, जिल्ला कार्य समिति सदस्य ओमप्रसाद शर्मा र वडा सदस्य मानबहादुर बोहोरालगायतले नव निर्वाचित नगर महासंघको कार्य समितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

अधिवेशनलाई शुभकामना दिँदै लेखबेशी नगरपालिकाका प्रमुख उमेशकुमार पौडेलले घरेलु तथा साना उद्योग तथा उद्यमीको विकासका लागि लेखवेशी नगरपालिका सधै हातेमालो गर्न तयार गरेको बताए । उनले उद्यम तथा उद्यमीको संरक्षण तथा प्रवद्र्धन गरेर नै नगरको विकास हुने भएकाले हरेक स्तरबाट नगरपालिका सहयोग तथा सहकार्य गर्न आतुर रहेको जनाए ।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेश उपाध्यक्ष वीरबहादुर नेपालीले उद्यमीका नाममा गैर उद्यमीहरुले विचौलिया बनेर सरकारी अनुदान लिने प्रवृत्ति सबै तहका सरकारले रोक्न आवश्यक रहेको औल्याए ।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ सुर्खेतका अध्यक्ष सुमननाथ योगीले लघु घरेलु तथा साना उद्योगको विकासका लागि तीन तहका सरकारले स्पष्ट नीति निर्माण गरी प्याकेजमै कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको जनाए ।

Translate »