२०८३ कात्तिक ९ , आइतबार
Sky News Nepal
October 25, 2026

नेपाली र अङ्ग्रेजी भाषामा नेपालको औपचारिक नाममा एकरुपता गर्न स्थानीय तहलाई निर्देशन



असोज १६, काठमाडौँ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ स्थानीय तहलाई नेपाली र अङ्ग्रेजी भाषामा नेपालको औपचारिक नाममा एकरुपता गर्न निर्देशन दिएको छ । मन्त्रालयले सबै स्थानीय तहलाई मन्त्रिपरिषद् बैठकले परिमार्जन गरेका नेपालको संविधानको अङ्ग्रेजी अनुवादमा प्रयोग भएका शब्दलाई मात्र प्रयोग गर्न निर्देशन दिएको मन्त्रालयका शाखा अधिकृत शेखरनिधि पौडेलले जानकारी दिए। मन्त्रिपरिषद् बैठकले विभिन्न कूटनीतिक नियोगलाई नेपालको नाम पनि नेपालीमा नेपाल र अङ्ग्रेजीमा नेपाल प्रयोग गर्न निर्णय गरेको छ ।

नियोगले नेपालको औपचारिक नाम सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल र अङ्ग्रेजीमा Federal Democratic Republic Of Nepal प्रयोग गर्दै आइरहेका थिए । मन्त्रिपरिषद्ले १७ वटा विभिन्न शब्दलाई एकरुपता प्रदान गरेको छ । State को सट्टा Province, Village Body को सट्टा Rural Municipality प्रयोग गर्न भनिएको छ ।

प्रकाशित मिति : २०७७ कात्तिक १६ गते आइतबार
Translate »